गुन्डागर्दी हटाउने प्रतिवद्धता

गुन्डागर्दी सहन्न भन्ने शीर्षका समाचारहरू आए पछि धेरैले थाहा पाए कास्कीमा नयॉं प्रहरी प्रमुख आएछन। किन भने प्रहरी प्रमुखको कामै गुन्डागर्दी तहलगाउने हो। यो कुरा प्रहरी प्रमुखले भन्नु पर्ने विषय नै होईन। उनलाइ सरकारले त्यै काम गर भनेर पठाएको हो।
कास्कीमा आएका प्रहरी प्रमुखहरूले यो वाक्य सधै दोहर्याउछन। एउटा सरूवा भएर जाने वित्तिकै नयॉं प्रमुख आउछन र प्रेसलाई वोलाएर आफ्नो परिचय दिन्छन। यो उनीहरूको कार्यतालिका मै पारिएको कार्यक्रम हो। प्रेस संगको भेटमा गुन्डागर्दी तहलगाउछु त भन्नै पर्यो उनका सहयोगीले पुरानै पेपर निकालेर मिति फेरवदल गर्छन र प्रमुखको नाम वदलेर दिन्छन। त्यै पेपर पढन दिन्छन त कुरा किन फेरिन्थ्यो । त्यै कुरा भए पछि शीर्षक  पनि उही हुने भयो। यसमा अनौठो केही भएन। प्रहरी प्रमुखको कुर्चीमा नयॉं प्रमुख फेरिएका छन त्यत्ति हो।
नयॉं प्रहरी प्रमुखमा एस पी अशोक सिंह आएका छन। उनको स्वागत त भैसकेको छ। कास्कीका जनताले स्वीकारी सकेकोले उनको कार्यकाल सफल नै होला।तर यो गर्छु र उ गर्छु नभनिकन जनताले महसुस गर्ने खालको काम गरि दिए हुन्थ्यो तर भनाई अनुसार काम गर्ने प्रचलन छैन। यो सवै परिचय कार्यक्रम भएर वित्ने गरेको छ। शुरूमा गुन्डा गर्दी गर्नेहरूसंग परिचय हुनको लागि र श्रोत पहिल्याउनको केही एक्सन देखिन्छ। दुइ महिना पछि सेटिंगमा चल्न थाल्छ। जस्तो थियो त्यस्तै अवस्थाम पुग्छ। यसरी आउना साथ उद्घघोस गर्नु भन्दा काम गरेर परिणामको जानकारी गराउन सके धेरै राम्रो हुनेछ।प्रहरी प्रमुख तथा सुरक्षा निकायको कामै गुन्डागर्दी नियन्त्रण गर्ने र शान्ति सुव्यवस्था मिलाउने हो। यो कुरा वारंम्वार भनिरहनु पर्दैन। नयॉ जोगी धेरै खरानी घस्छ भने झै नयॉं एस्पी प्रमुख भएर नयॉं जिल्लामा आएकोले आफ्नो उपस्थिति दर्शाउन प्रेस मिट नै गर्नु पर्छ भन्ने छैन। कामले नयॉं एस्पी चिनाउन पाएपो राम्रो हुने थियो।
जे होस कास्कीमा नयॉं प्रहरी प्रमुख आएका छन। उनले प्रतिवद्धता जनाएका विषयमा अन्तिम अर्थात सरूवा भएर जादाका दिन संम अडिग भएर काम गर्न सकुन , यही छ उनलाइ शुभकामना।

Comments are closed.