अक्षमताको कालो टीका पुछ!

 

प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव प्रतिपक्षले एकैचरणमा गराउ भन्दा त्यसलाइ लत्याएर दुइचरणमा घोषणा गरेको यहीसरकारले हो। तर आज सरकार उही छ , देशमा कुनै शंकट आइ परेको अवस्था छैन। सवै कुरा सामान्य गतिमा चलिरहेको छ। निर्वाचन आयोग आफ्नो दैनिकी योजना वढिरहेको छ। तर सरकार एकाएक आफ्नै निर्णयका विरूद्ध दुइ चरणको चुनाव एकैचरणमा गर्नु पर्ने रटान लागेको छ।
प्रम शेरवहादुर देउवाको इतिहास थाहा भएकोले भन्छन उनलाइ चुनाव मन पर्दैन। उनकै पालामा चुनाव सार्दा सार्दै राजाले असक्षम घोषणा गरेको सवैलाइ थाहा छ। अहिले पनि उनी त्यही मार्गमा हिडन खोजेका छन। स्थानीय चुनाव गराएको उदाहरण कसैले दिन सक्छ होला तर स्थानीय तहको चुनाव पुष्पकमल दाहालले पहिलो चरण सकेका थिए। दोस्रो चरणलाइ उनले टुक्रयाएर तेस्रो संम गराए। अगाडि वढि सकेको रथ फर्काउन सकेनन। चुनावी रथले तानेर स्थानीय तहको चुनाव सकेका हुन। यसलाइ उनको सफलता भन्न सकिदैन।
अहिले प्रम देउवा धरखराएका छन। चुनावी वातावरण धमिल्याउन विभिन्न वहाना गरिरहका छन। निर्माण व्यवसायीको काठमान्डौ मै दिउसै हत्या , तराइमा व्यापारिको हत्या। दिउसै नौलाख डकैती जस्ता सोच्नै नसकिने घटनाहरू वढाइएको छ। यसलाइ देखाएर चुनाव धकेल्ने एउटा प्रपंच रच्न उनले लाज मान्दैनन। दलहरूको घ्रुवीकरणवाट डराएका देउवा चुनावलाइ केही पर सार्न सकिन्छ कि भनेर लागिररेका छन।
मुसिर १० को चुनाव हिमाली क्षेत्रका जिल्लाहरूमा हुने हो। मुसीर १० पनि त्यस क्षेत्रको लागि ढिलो भैसकेको छ। अव पनि सार्ने हो भने हिमाली क्षेत्रमा चुनाव हुन सक्दैन। यो सवै कुरा प्रम देउवालाइ थाहा छ। थाहा पाएर नै उनले चुनाव सार्नको लागि वहान खोजिरहेका हुन। यसरी वहाना वाजीमा देश र जनतालाइ झुक्याउने। विकास निर्माण र प्रगतिमा वाधा पुर्याउन खोज्ने व्याक्ति राष्ट्रीय रूपमा नेतृत्व गर्न लायक मानिदैन। त्यसर्थ प्रम देउवा आल टाल गरेर देशलाइ वरवादी तर्फ नधकेल। यसैमा देश , जनता र प्रमको पनि भलो हुने छ।चुनावलाइ सारेर समस्याको समाधान हुदैन तोकिएकै मितिमा चुनाव गराएर विगतमा लागेको असक्षम प्रमको कालो टिका पुछ।

Comments are closed.