अक्षरयात्रीले उतारे अक्षरमा धाइरिङ

11066057_965091273508910_1468206140_oपोखरा २१ चैत्र/पोखराबाट पर्वतको धाइरीङमा पुगेका अक्षयात्रीहरुले अक्षरमा धाइरिङलाई उतारेका छन् । गजल सन्ध्या पोखरा र नवनित साहित्य सागर पोखराको आयोजनामा धाइरिङ पुगेका अक्षरयात्रीले धाईरिङका विभिन्न विषयलाई आफ्नो रचनामा उतारेका हुन् ।
सन्ध्या र सागरले प्रत्येक महिनाको तेस्रो शनिबार आयोजना गर्दै आएको अक्षरयात्रा साहित्यिक अभियानलाई धाईरिङसम्म पु¥याउन मेसोे धाईरिङ सल्यानकै भूमे साहित्य समाजल मिलाएको थियो । ‘जीवन र जगतको यथार्थबोधका लागि अक्षरयात्रा’ भन्ने मूल नारा बोकेर हिँडेको अक्षरयात्रा अभियानको १ सय १६ औं शृंखला धाईरिङमा भएको हो । नयाँ पुरना गरी पोखराबाट ३५ जनाको टोली सहभागी अक्षरयात्रामा धाईरिङको पर्यटन सौन्दर्य, संभावना, सामाजिक परिवेश, विकटा र राज्यबाट उपेक्षित भएका स्थानीयका व्यथा, राजनीति, देश र माटोलाई कविता, गजल र मुक्तकमा उतारे ।

कवि मन क्षेत्रीले धाईरिङ र धाइराको फूल शिर्षकको कविता सुनाउँदा स्थानीय स्तप्ध भए । कविले मन्दिरमा नचड्ने धइराको फुललाई विम्व बनाएर यो समाज र राज्यबाट उपेक्षामा पारिएको पीडा र त्यही पुरातन संस्कारको विरुद्धमा कविता सुनाउँदा धाईरिङ सल्यानबासी भावुक बनेका थिए । कवि शरण आँशुले ‘लुङ्दी खोला म तिमीलाई प्रेम गर्छु तर यो सर्तमा तिमीले सोत्तर र स्याउला खाज्न गएका गाउँले र स्कुल जाने–आउने नानीहरुका सपना बगाउन पाउने छैनौ’ भावको कविता सुनाउँदा अक्षरयात्रामा सहभागी सबै मौन रहे र स्थानीयले आफ्नै कथा लेखेको भन्दै धन्यबाद दिए ।

कवि संजिव पौडेल, अल्पज्ञानी, सुरज उपाध्याय लगायतका कविले पनि धाईरिङ र धाईरिङ वरिपरीका विषयलाई आफ्ना कवितामा उतारे । स्थानीय स्तरमा रहेका विषयबस्तु, संभावना, स्रष्टा र सिर्जनालाई उजागर तथा प्रचारप्रशार गर्न अक्षरयात्रा साहित्यिक अभियानले ठूलो योगदान पुर्‍याएको सन्ध्याका अध्यक्ष उदिपराज ढुङ्गानाले बताए । साहित्यिक पर्यटनको अवधारणा लिएर देशका विभिन्न ठाउँमा पुगी सोही ठाउँका विषयबस्तुलाई सिर्जनामा उतारेर सोही ठाउँमा सुनाईने अक्षरयात्रा अभियानले राम्रा साहित्यकार जन्माउन समेत सहयोग पुर्‍याएको नवनित साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाले बताए ।

धाईरिङमा पुगेर त्यहाँका विषयबस्तु र पीडा अक्षरयात्रा रचनामा सुनिएको भन्दै सबै रचनामा आफ्नै विषय जस्तो लागेको भूमे साहित्य समाजका अध्यक्ष रामजी आचार्यले बताए ।  अक्षरयात्रामा परिवर्तन, सौगात संघर्ष, त्रुपक, सुरज गुरुङ, आशिष दनाई, दीपक लामिछाने, रविन शर्मा। बलराम पूर्णविराम, अर्घेलो थापा, मोहन भण्डारी, सुदर्शन पौडेल, धर्मराज अधिकारी, अपवाद, अजय अनमोल, ईश्वरी अर्याल, दिपु अर्याल, रामकुमार श्रेष्ठ फुच्चे लगायत करिव ३० जनाले रचना वाचन गरेका थिए ।

गजल सन्ध्या पोखराका अक्ष्यक्ष उदिपराज ढुङ्गाना नवनित साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा, भूमे साहित्य समाजका अध्यक्ष रामजी आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अमृत सुवेदीले गरेका थिए ।

Comments are closed.