अखिल क्रान्तिकारीद्वारा कास्कीमा शैक्षिक कार्यालयमा ताला

पोखरा १४ साउन/ बिप्लव नेतृत्वको माओबादी निकटको अखिल क्रान्तिकारीले बिभिन्न समयमा बिद्यार्थी संगठन र राज्यका बिभिन्न निकायहरुसँग भएका सहमति कार्यान्वयनको माग गर्दै क्षेत्रीय शिक्षा कार्यालय, पोखरा लगायतका शैक्षिक अड्डाहरुमा तालाबन्दी गरेको छ ।
akhilबिभिन्न ६ बुँदे मागसहित अखिल क्रान्तिकारी तमुवान राज्य समितिले तालावन्दी गरेको हो । संगठनले देशभर गरको आन्दोलन स्वरुप तमुवानका सबै जिल्लाहरुमा रहेका जिल्ला शिक्षा कार्यलय, क्षेत्रीय शिक्षा निर्देशनालय, उच्च मावि शिक्षा परिषदमा तालाबन्दी गरेको तमुवान संयोजक लोकेश बि.कले जानकारी दिए ।

गत बैशाख ६ गते भएको शुल्क बृद्धि सम्वन्धि सहमति कार्यान्वयन नभएको, उच्च माविमा गर्ने भनिएको १० प्रतिशत छात्रवृत्ति कार्यान्वयन नभएको, भूकम्पमा बन्द भएका बिद्यालयको पनि मासिक शुल्क उठाईएको, मापदण्ड विपरितका बिदेशी तथा स्वदेशी बिद्यालयको खारेजी नभएको, विद्यार्थीहरुमा बिभिन्न शीर्षक लगाएर शुल्क असुल गरिरहेको भन्दै संगठन आन्दोलित बनेको छ । यति गर्दासमेत सम्वन्धित निकायले बेवास्ता गरेमा थप आन्दोलनको कार्यक्रम ल्याउने संयोजक बिकले बताए ।

Comments are closed.