अखिल छैठौको अध्यक्षमा पुन: अधिकारी

img_7967
पोखरा, ०१ असोज ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौ  कास्कीको १४औ जिल्ला सम्मेलन सम्पन्न भयको छ । दुई दिन सम्म चलेको सम्मेलनले गणेश अधिकारीको अध्यक्षतामा ४ बैकल्पिक सदस्य सहित १७ सदस्यीय जिल्ला समिति निर्बाचित गरेको छ । सम्मेलनले उपाध्यक्ष, सचिब ,सहसचिब र कोषाध्यक्षमा क्रमश स् दानु सारु, अर्जुन शर्मा, बिमल पाण्डे र ईन्द्रमणि पाण्डे र सदस्यहरुमा प्रताप पौडेल दिलेन्द्र बुढामगर,ज्ञानेन्द्र घर्तिमगर, दीपेन्द्र घर्तिमगर, सुदर्शन आचार्य,रमेश आचार्य, खिम बुढा र सम्झना गुरुङ लाई निर्बाचित गरेको छ । त्यस्तै सम्मेलनले बैकल्पिक सदस्यहरुमा सञ्जय शर्मा ,बबिता छन्त्याल , हेमा पुन मगर र महेश थापालाई निर्बाचित गरेको छ । सम्मेलनको उत्घाटन गर्दै युनियनका केन्द्रीय महासचिब बिमल पोख्रेलले नेपालको शिक्षा प्रणालि व्याबहारिक र बैज्ञानीक नभयकोले आमुल परिवर्तनको आबस्यकता रहेको बताउनु भयो । बिगत देखी नै अखिल छैठौले शिक्षामा देखीयको बिसङतिका बिरुद्ध लगातार रुपमा सम्झौताहिन तबरले संघर्श गरीरहेको बताउदै अखिलछैठौको रक्त रन्जित झन्डा मुनी आबद्ध भै विद्यार्थी राजनीति र आन्दोलनको आगुवाइ गर्न अपिल समेत गर्नुभयो। सम्मेलनमा अखिल छैठौ गण्डकी धौलागिरीका इन्चार्ज तथा केन्द्रीय कोषाध्यक्ष भीमलाल पोख्रेल राष्ट्रिय जनमोर्चा गण्डकी धौलागिरी क्ष्रेत्रिय समितिका अध्यक्ष शंकर बराल, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सदस्य दीपक गुरुङ,अखिल नेपाल युबक संघका केन्द्रीय सदस्य बिक्रम थापा ,अखिल नेपाल बुद्धिजिबी संघ का प्रबिण पौडेल,जातिय समता समाजका होम बहादुर सुनार ,अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष प्रेम विक , अखिल नेपाल महिला संघका सबित्री जिसी, अनेरास्वबियु जिल्ला अध्यक्ष शेखर गौतम,नयाँ शक्ती नेपालका विद्यार्थी नेत्र चापागाइ र अखिल क्रान्तिकारीका मिलन राइले सम्मेलन सफलताको शुभकामना दियका थिय ।
दुई दिन सम्म चलेको सम्मेलनको बन्द सत्र पछीको समापन समारोहमा गण्डकी धौलागिरी इन्चार्ज भीमलाल पोख्रेलले अबिर टिका लगाइ बधाई तथा शुभकामना दियका थिय । दानु सारुको सन्चालनमा सम्पन्न भयको कार्यक्रमको अध्यक्षता प्रताप पौडेलले गरेका थिय ।

Comments are closed.