पोखरा १८ चैत ।राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गण्डकी अञ्चल कार्य समितिले ताप्लेजुङ्ग सदरमुकााम फुङलिङको अग्नी पीडितहरुको सहयोगार्थ रकम संकलन कार्यक्रम गरेको छ ।
समितिले घरदैलो अभियान अन्तरगत नगद रु ५२ हजार ३ सय ५२ रकम संकलन भएको अध्यक्ष जीवन दहालले जानकारी दिए । त्यसैगरी संकलन अभियान जारी रहने समितिका निर्वतमान अध्यक्ष तथा केन्द्रीय सदस्य चोलेन्द्र पोडेलले बताए ।
मंगलबार अभियानमा समितिका सम्पूर्ण कार्यसमिति सदस्य तथा कास्की जिल्लाका समेत कार्यसमितिका सदस्यहरुको उपस्थित रहेको समितिका सचिव सुरेन्द्र गुरुङले जानकारी दिए । समितिले मंगलबार पृथ्वीचोक, सभागृह, फिस्टेल गेटहुदै हल्लनचोकसम्म घरदैलो गरी रकम संकलन गरेको अञ्चल कार्यसमितिले जनाएको छ ।
Comments are closed.