एजेन्सीहरु/ दक्षिण अफ्रिकाका चिकित्सकहरुले संसारमै पहिलो पटक पुरुषको लिङ्ग प्रत्यारोपण गर्न सफल भएका छन् ।
दक्षिण अफ्रिकाको राजधानी केपनटाउनको राजधानी टाइगरबर्ग अस्पतालमा स्टेलनबोश विश्वविद्यालयका सर्जनहरुको समूहले अपरेशन गरेर एक जना पुरुषमा लिङ्ग प्रत्यारोपण गरिएको जानकारी दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । अस्पतालका अनुसार २१ बर्षिय मरीज नाम गरेका युवाको लिङ्ग तीन बर्ष पहिला खतना (मुसलमान सँस्कृति अनुसार लिङ्ग अगाडीको भागको छाला काट्ने काम) को क्रममा पुरै काटिएको थियो ।
पोखराका व्यवसायी शेर अलिका अनुसार मुस्लिम समुदायमा जन्मेको सात दिनपछि, जुनसुकै उमेरमा पनि लिङ्गको अगाडीको छाला काट्नुपर्ने परम्परा रहेको छ । सुरुमा कपाल काट्ने हजाम जस्तै खतना गर्न पनि त्यस्तै व्यक्तिहरु आउने गरेकोमा अहिले चिकित्सकहरुबाट गरिन थालिएको पनि अलिले जानकारी दिए ।
चिकित्सकहरुले लिङ्ग प्रत्यारोपणको अप्रेशन गर्न नौ घण्टा समय लागेको बताएका छन् । गत डिसेम्बरबाट करिब तिन महिनाको गहन अध्ययन गरी अप्रेशन सफल पारिएको चिकित्सकहरुको भनाई रहेको छ । डाक्टरहरुका अनुसार प्रत्यारोपण गरिएको लिङ्गले पुरानै हालतमा काम गर्न सक्छ । एक जना जिवनको अन्तिम अवस्थामा पुगेका बिरामी दाताबाट लिङ्ग लिएको र ती बिरामीको निधन पनि भइसकेको अस्पतालले सार्वजनिक गरेको छ । मुस्लिम समुदायको सँस्कृति अनुसार लिङ्गको अगाडीको भागको थोरै छाला काटेर फालेपछि, दुर्गन्ध नहुने भएकाले यो परम्परा चल्दै आएको छ ।
Comments are closed.