निर्देशक रोहित शेट्टीको
‘गोलमाल अगेन’ले यतिबेला बक्स अफिसमा आक्रामक कलेक्सन गरिरहेको छ । ‘बाहुबली २’ पछि गोलमाल अगेन हिन्दीको दोस्रो ठूलो विजनेश गर्ने फिल्म बनेको छ । यो फिल्मले दोस्रो हप्ताको सुरुवात अर्थात् शुक्रवारसम्ममा भारतीय बजारबाट कूल १ सय ४३ करोड ग्रस कलेक्सन गरेको ट्रेड एनालिस्ट तरण आदर्शले ट्विटमार्फत जानकारी दिए ।

फिल्मको कलेक्सन अझै रोकिने छाँटकाट देखिएको छैन । फिल्मका निर्माताका अनुसार, गोलमाल अगेनले १५० करोडको आँकडा छोइसकेको छ । वरुण धवनको ‘जुडवा २’ लाई पछाडि छोड्दै यो फिल्मले कमाईको मामलामा दोस्रो स्थान बनाएको हो । ‘गोलमाल अगेन’ले एकदिन अघि रिलिज भएको आमिर खानको फिल्म ‘सिक्रेट सुपरस्टार’लाई पनि टाट पल्टाएको छ । ‘सिक्रेट सुपरस्टार’ले हालसम्ममा ५० करोड कलेक्सन गरेको भारतीय मिडिया बताउँछन् ।
यो प्रदर्शनले ‘गोलमाल अगेन’को पूरा टिम खुशी देखिएको छ । फिल्ममा अजय देवगन, कुणाल खेमू, अरशद वारसी, तुषार कपूर, श्रेयष तलपडे, तब्बू र परीणीति चोपडा मुख्य भूमिकामा छन् । यो फिल्मको सफलतापछि रोहित शेट्टी फिर गोलमाल बनाउने तयारीमा जुटेका छन् ।
Comments are closed.