अटेरी उम्मेद्वारी घोषणा गर्नेको संख्या थपिदै


पोखरा ,

स्वतन्त्र (अटेरी) उम्मेद्वारी घोषणा गर्नेको संख्या देशभर थपिदै छ । स्थानीय तहलाई दलरहित बनाउने उद्देश्य सहित सुरु भएको अटेरीमा पोखरा सहित देशभर उम्मेद्वारी घोषणा गर्नेको संख्या थपिदै छ । पोखरामा पनि वडा नम्बर ३ र २५ मा पनि वडा सदस्य पदका लागि ३ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । पोखरा ३ मा दिनेश शाही र पुनम खड्का शाहीले वडा सदस्य पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् । यस्तै वडा नम्बर २५ मा नवीन त्रिपाठीले वडा सदस्य पदका लागि उम्मेद्वारी घोषणा गरेका हुन् । यसअघि २५ को वडा अध्यक्ष पदमा सोमनाथ अधिकारीले उम्मेद्वारी घोषणा गरि सकेका छन् । हिजो शनिबार वडा नम्बर ३ का वडाध्यक्ष महेश उदासले घोषणापत्र सार्वजनिक गरि सकेको अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले जानकारी दिए ।

Comments are closed.