
दुई वुलेट ग्याँस गृहलक्ष्मी ग्याँस कम्पनी गगनगौंडामा आएको भएपनि अरु दुई बुलेट नआएसम्म वितरण नहुने भएको छ । एक÷दुई दिनमै थप ग्याँस आउने र वितरण थाल्ने तयारी गरिएको छ ।
पोखरा १६ कार्तिक
भारतीय नाकाबन्दीका कारण चरम अभाव भोगेका उपभोक्ताले अझै खाना पकाउने ग्याँस नपाउँदा समस्यामा परेका छन् । सोमबार पोखरामा आधा सिलिन्डर ग्याँस वितरण गर्ने भनिएको भएपनि अत्यधिक माग र पहिले आफुहरुले पाउनुपर्ने भन्ने स्थानीयले विरोध गरेपछि वितरण नहुने भएको छ ।
थोरै परिणाममा ग्याँस आएको भएपनि अत्यधिक माग भएका कारण ग्याँस वितरण गर्न सक्ने अवस्था नरहेको गृहलक्ष्मी ग्याँस कम्पनी गगनगौंडाले जानकारी दिएको छ । दुई बुलेट ग्याँस पोखरा आएको छ तर वितरण गर्न सकने अवस्था नभएका कारण आएको ग्याँस पनि वितरण हुन नसकेको हो ।
पोखरामा थप ग्याँ आएपछि मात्रै ग्याँ वितरण हुने कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले जानकारी दिए । काठमाडौंमा जस्तै कास्कीमा पनि प्रशासन र व्यवसायीले ७ दशमलव १ किलोको दरले ग्यास वितरण गर्ने तयारी भैरहेको राउतले जानकारी दिए । ‘दुई बुलेट ग्याँस आइसकेको छ’ प्रमुख जिल्ला अधिकारी राउतले भने, ‘अरु थप ग्याँस नआइकन बाँड्दा थप समस्या हुने देखियो । त्यसले झैझगडा र झडप समेत हुन सक्ने अनुमाग गरी केही भएपनि माग पूर्ति गर्न थप ग्याँ आएपछि मात्रै वितरण गर्ने सल्लाह भएको छ ।’ थोरै वितरण गर्दा कसलाई दिने कसलाई नदिने भन्ने अफ्ठ्यारो हुने उनले बताए । एकदुई दिनमै थप ग्याँस आउने र वितरण थाल्ने बताइएको छ ।
हाल वितरणमा रहेको ग्यासको सिलिन्डर १४ दशमलव २ किलो छ । एक बुलेटबाट १२ सय ५० वटा सिलिन्डर हुन्छ । त्यसलाई आधा मात्रै दिदा २५ सय सिलिन्डर भरिन्छ । अरु थप दुई बुलेट ग्याँस आएपछि १० हजार जनालाई ग्याँस वितरण गर्न सकिन्छ ।
राउतले पोखराका सबै ग्यासका डिलरहरुबा ग्यास वितरणको तयारी भएको बताउँदै कम्पनीमा पुगेर लाइनमा नबस्न समते आग्रह गरे । आधा क्षमताको ग्यास वितरण गरिएपछि मूल्य पनि आधा मात्रै लाग्ने छ । प्रतिसिलिन्डर एक हजार ४०० मा बिक्रीवितरण हुँदै आएको ग्यास ७०० मा बिक्री गरिने बताइएको छ ।
पोखराका लागि भनेर छुट्टै ग्याँ नआएको भएपनि भैरहवा नाकाबाट समन्वय गरी पोखरामा पनि ग्याँस ल्याइएको र बाँकी ग्याँस पनि त्यसरी नै ल्याउने तयारी भैरहेको छ । पोखरामा रहेको शक्ति ग्याँस कम्पनीमा पनि ग्याँस आएको छैन । गृहलक्ष्मीले प्रशासनसँगको सहकार्यमा पोखरामा ग्याँ वितरण गर्न लागेको हो । साथै पोखराका लागि भरिएको ग्याँसका वुलेट रक्सौल नाकामा आएर अड्कीएको कम्पनीले जनाएको छ ।
Comments are closed.