पोखरा, ४ मंसिर
नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटले अधिनायकवादी शक्ति हावी हुँदा
मुलुक र लोकतन्त्र खतरामा परेको बताएका छन् । उनले लोकतन्त्र र संविधानको
संरक्षणका लागि भए पनि कांग्रेसले चुनाव जित्नुको विकल्प नभएको उनले
स्पष्ट पारे ।
कास्की क्षेत्र नं। २ को पोखरा–८ को घरदैलोका क्रममा नेता रानाभाटले यो
सरकार बनेपछि जनता त्रासमै बाँच्न बाध्य भएको भन्दै जनतामा शान्ति ल्याउन
पनि यो उपनिर्वाचन कांग्रेसले जित्नै पर्ने तर्क गरे ।
‘यो सरकारको नीति र व्यवहारका कारण जनता निराश छन् । व्यापारी हतोत्साही
भएका छन् । देशको अर्थतन्त्र चौपट भएको छ । यस्तो अवस्थामा देश कति दिन
चल्न सक्छन् रु’, प्रश्न गर्ने उनले भने ।
पोखरा–८ का चुनावी कमाण्डर समेत रहेको नेता रानाभाटले नेपालको सीमा
मिचिएर जनता सडकमा आउँदा समेत कानमा तेल हालेर बस्ने केपी ओलीलाई पदमा
बस्ने नैतिक अधिकार नभएको बताए । उनले कांग्रेसको पक्षमा जनमत बढ्न सक्ने
दावी पनि गरे ।
‘जनताको घर आँगनमा कांग्रेसीहरू आउदा जनताले राहत महसूस गरेका छन् ।
कांग्रेस पार्टीप्रति जनताको विश्वास पनि बढेको भन्दै नेता रानाभाटले
विगतका कमिकमजोरी सच्याएर कांग्रेस अघि बढ्न तयार छ’, उनले भने ।
चुनावी कमाण्डर रानाभाटले पोखरा–८ मा घरदैलो अभियानमार्फत मतदाता भेटघाट
कार्यक्रम सकिएको र अब चुनावीसभाको तयारीमा रहेको जानकारी दिए ।
वडा इकाइ सभापति सु्वास सिग्देलका अनुसार पार्टीका सबै संगठनलाई चुनावमा
खटाइएको छ । नेविसंघ, महिला संघ, तरुण दल, जनजाति संघक लगायतका संगठनका
नेता कार्यकर्ता चुनावमा खटिएको र सबै मतदातासंग भेटघाट गरिसकेको बताए ।
तानाशाही प्रवृत्तिको कम्युनिष्ट सरकारसंग मुकाविला गर्न कांग्रेस तयार स् शर्मा
यता, नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले तानाशाही प्रवृत्तिको
कम्युनिष्ट सरकारसंग मुकाविला गर्न कांग्रेस तयार रहेको बताएका छन् ।
पोखरा–७ को घरदैलोका क्रममा नेता शर्माले मुलुकलाई भ्रष्टाचारका दलदलमा
फँसाउने, जनतामा भ्रम सृजना मात्र गर्ने सरकारलाई जसरी भए पनि परास्त
गर्नुपर्नेमा जोड दिए ।
‘यो सरकार सेतो हात्ती हो । देशको भार हो । घरघरमा ग्यास पाइप र रेलको
सपना देखाएर जनतालाई दिग्भ्रमित बनाउने काम बाहेक केही गरेको छैन । अझ
अलोकतान्त्रिक काम गर्नमै उद्धत छ’, उनले भने । झुटको खेती गर्ने
कम्युनिष्टलाई जनताले राम्रोसंग बुझिसकेको भन्दै उनले लोकतन्त्र मास्न,
संविधान सिध्याउन र संघीयता तुहाउन सरकार नै लागिपरेको आरोप समेत लगाए ।
वडा सभापति नवीन बरालका अनुसार मंगलबार मासबार क्षेत्रको घरदैलो गरेसंगै
वडाका सबै मतदातासंग भेटघाट भैसकेको छ । सभापति बरालले अब चुनावी
सभामार्फत पार्टीको धारणा र प्रतिवद्धता लिएर मतदातालाई बुझाउने काम हुने
बताए ।
यसैबीच कास्की–२ का कांग्रेस उम्मेदवार खेमराज पौडेलसहितका नेताहरूले
पोखरा–१६ मा घरदैलो र मतदाता भेटघाट गरेका छन् । बुधबार बिहान ७ बजे
पोखराको केआइसिं पुलबाट शुरु भएको अभियान लामाचौर हुँदै बाटुलेचौर,
जोगीमणि, अर्मला पुग्दैछ । उम्मेदवार पौडल आज बुभबार र भोलि बिहीबार यसै
क्षेत्रमा केन्द्रित हुने कास्की कांग्रेसका क्षेत्रीय सभापति माधव
बाँस्तोला मधुले जानकारी दिए । उनका अनुसार मंसिर ७ गते बिहान ८ बजेर
पोखरा–१६ मैदानमा चुनावीसभा हुँदैछ । सभालाई पार्टीका केन्द्रीय तथा
जिल्ला नेताहरूले संवोधन गर्ने कार्यक्रम छ ।
Comments are closed.