पोखरा, कार्तिक १५ गते
नेपाली काँग्रेस कास्कीको अधिबेशन आउने दिनले नब्बे दिनको घण्टी बजाउँदा, पूर्व सभापति शुक्रराज शर्माले खुट्टा उचाल्ने संकेत गरेका छन् ।
वर्तमान सभापति यज्ञबहादुर थापा ‘पर्ख’ र ‘हेर’ को रणनितीमा देखिएका छन् भने खेमराज पौडेल, कृष्ण केसी, पोषनाथ शर्मा, सोभियतबहादुर अधिकारी र देबराज चालिसे लगायत आफ्नो बलबुँताले भ्याए सम्म चिप्लेढुङ्गा कार्यालयको नेतृत्वमा लागीपरेका छन् ।
काँग्रेस कास्की निकट स्रोतका अनुसार शुक्रराज चुनाब उठेमा उनलाइ सघाउने ‘मुड’ मा देउबा निकटका नेता कार्यकर्ता पुगीसकेका छन् । लामो समय देखी संस्थापनपक्षमा लागेर राजनिती गरेका, शर्मा आफै पनि पछिल्लो समयमा कोइराला परिवारको एकमनावादी निर्णयबाट आजित भएको उनी निकटहरु वताउछन् ।
वर्तमान सभापति यज्ञबहादुर थापा भने दुइ पटक सभापति भइसकेको र साँसद समेत रहेकाले सुरुमै बोल्दा, अरुले असहयोग गर्न सक्ने भएकाले केही नबोल्ने पक्षमा रहेको उनि निकटहरु वताउछन् ।
‘कि कास्कीको सभापति नत्र केन्द्रिय समिति यज्ञदाइको चाहना हो ।’ कास्की क्षेत्र नम्बर एकका एक नेताले पोखरा हटलाइनसँग भने–‘तर उहाँ समीकरण कसरी बिकास हुँदै जान्छ भन्ने कुरा हेरीरहनुभएको छ ।’ पोखरा हटलाइनसँगको कुराकानीमा पनि थापाले त्यही आसय ब्यक्त गर्दै भने–‘चुनाब आउन धेरै बाँकी छ । अहिले बोल्ने बेला अल्लि भएको छैन ।’
नेता शुक्राराज शर्माले गाउँ देखी नगर हुँदै केन्द्र सम्म अहिलेको सोच राख्ने नेतृत्वले पार्टीलाइ अघि बढाउन नसक्ने भन्दै घुमाउरो पारामा संस्थापन पक्षप्रतिको आफ्नो असन्तुष्टी जाहेर गरे ।
‘काँग्रेसको अहिले सम्मको इतिहासमा हामीले गर्ने निर्णयले हामीलाइ घाटा भएको थियो । तर देशलाइ घाटा भएको थिएन ।’ नयाँबजार स्थित आफ्नै घरमा उपराष्ट्रपतिको चुनाबको मतदान हेरीरहेका बेला पोखरा हटलाइनसँग गफिदै उनले थपे–‘तर पछिल्लो काँग्रेसको निर्णयले पार्टीलाइ त घाटा भयो भयो, देशलाइ पनि ।’
बिशेषतः बिस २०६२÷६३ को आन्दोलनपछि, पार्टीको नेतृत्वले एकमनावादी निर्णय गरेको र क्षमता भन्दा पनि ब्यक्ति टिपेर अवसर दिने प्रबृत्तिले आफुलाइ दिक्क लागेको कुरा भन्न उनी हिच्किचाएनन् ।
उनले अहिले कम्युनिज्मका बिरुद्ध लड्न सक्ने सादगी नेतृत्वको आवश्यकता भएको भन्दै थपे–‘अहिले ब्यक्ति वा गुटका लागि हैन, काँग्रेसका लागि काम गर्ने ब्यक्तिले गाउँ, जिल्ला देखी केन्द्र सम्म काम गर्ने मानिस चाहिएको छ । कास्कीमा साथीहरुले म सँग त्यो आवश्यकता देख्छन् भने ठिकै छ ।’
कास्की काँग्रेसको क्षेत्र नम्बर एकमा सभापति थापा, सचिब कृष्ण केसी र केन्द्रिय सदस्य जिवन परियार र प्रकाश खनाल लगायतका नेताहरु निर्णायक मानिन्छन् । उनीहरुले जे चाहे त्यही हुने भएकाले, शुक्रराज उठेमा उनले उनिहरु मध्ये कोहीसँग समीकरण नगरे, गाह्रो पर्ने अवस्था छ । तर रामजी बादलको हत्याको घटनापछि, भने क्रियाशिल कार्यकर्ताहरुको आक्रोश तीनै नेताहरु माथी केन्द्रित भएको वताइन्छ ।
क्षेत्र नम्बर दुइ पनि शुक्रराजका लागि खास अनुकुल मानिदैन । साँसद शारदा पौडेल र क्षेत्रिय सभापति मधु बाँस्तोला तत्काल कोइराला क्याम्प नछाड्ने नेतामा दरिन्छन् । गुरु बराल लगायतका युवा नेताहरु भने शर्माको पक्षमा उभिन सक्छन् । भलै बरालले युवाको नेतृत्व हुन पर्ने भन्दै आफ्नै पक्षमा पनि लबिङ्गमा छन् । क्षेत्र नम्बर तिनमा भने सोभियतबहादुर अधिकारी, बृन्दा राना, गंगाधर पराजुली लगायतको साथ हुन सक्ने संभावना छ । देबराज चालिसे, मुक्ति केसी र रामजी कुँबरहरुको पनि यो क्षेत्रमा राम्रो प्रभाब छ ।
क्षेत्र नम्बर चारमा भने शुक्रराजको लगभग एकलौटी छ । तर पनि त्यहाँ कास्कीका पुराना नेता खेमराज पौडेल र सचिब युवराज कँुबरको भूमिका के हुने ? भन्ने कुराले निर्धारण गर्छ ।
‘जे भएपनि, अबको काँग्रेस कास्कीको अधिबेशन चुनाब रहित हुने संभावना छैन’ शर्मा र थापा दुबैसँग नजिक रहेका काग््रेस कास्कीका एक नेताले भने–‘आफु हुन खाजे जस्तो नगर्ने तर हुन चाहने । यदी हुन नसके आफुले भनेको मान्नेलाइ सभापति बनाउने उहाँहरुको लाइन हो ।’
प्रधानमन्त्रीमा उम्मेदवारी दिने बिषयले कोइराला प्रतिको ‘क्रेज’ घटेको र त्यसको ‘क्रेडिट’ लिन सकिने देउवा पक्षको बिश्लेषण छ । तर संस्थापन भनेको जसले जे भनेपनि, संस्थापनै हो भने आफ्ना कार्यकर्ता ‘भड्किन’ नदिन पनि कोइराला पक्ष कास्कीमा लागिपरेको छ ।
करिब १२ हजार क्रियाशिल सदस्य रहेको कास्की काँग्रेसका अन्तिम नामावली भने आइसकेको छैन । तथापी यहाँबाट, पठाइएका क्रियाशिल सदस्यका नाम आफ्नो पहुँचको प्रयोग मार्फत झिकाएर वडा तथा गाउँमा आ आफ्नो पक्षमा लबिङ्ग गर्न भने नेताहरु लागिसकेको काँग्रेसजनहरु वताउछन् ।
Comments are closed.