अध्यक्ष दाहालको शिव भजन ‘जय शिव शंकर’ बजारमा

सन्तोष विष्ट/पोखरा हटलाइन
पोखरा–१३, कास्की
राष्ट्रिय संगितकर्मी संघ,कास्की जिल्ला अध्यक्ष तथा संचारकर्मी ऋषिराम दाहालको पहिलो भजन गित शिव भजन बजारमा आएको छ । भजनमा रामजी पौडेलको लय र शब्द र अध्यक्ष दाहालको स्वर रहेको छ भने म्यूजिक भिडियो लालविन्दु अफिसियल युटुव च्यानल मार्फत बजारमा आएको हो । उक्त भजनमा लिला पौडेल, दिपक कार्की, कल्पना सिक्देल र पवित्रा काफ्लेको समेत स्वर रहेको छ । अध्यक्ष दाहालले रमिता सिरियलको लेखन तथा निर्देशन समेत गरिरहेका छन भने हाल आम नेपाली टिभिको गण्डकी व्यूरो प्रमुख समेत रहेका छन् ।

Comments are closed.