अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा ढाका मोहन ’गणेश’ बराल निर्वाचित

पोखरा,  अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा ढाका मोहन ’गणेश’ बराल निर्वाचित भएका छन् ।

संघको आइतबार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हादचन्द्र घिमिरे र कोषध्यक्षमा चन्द्रिका घिमिरे अनिता छन् ।

सदस्यमा निरज बस्यौला, ऋषिराम दाहाल, सरिता गुरुङ, शुरेशराज अधिकारी, दिपकराज गिरी, सञ्जय आचार्य, प्रविन मगर छन् ।

त्यसैगरी स्याङ्जा जिल्ला संयोजकमा शेखर कोइराला, नवलपुर संयोजक शिव न्यौपाने र कास्की संयोजकमा रोहित बस्नेत छन् । यसअघि अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए ।

अधिवेशनको उद्घाटन सत्र अध्यक्ष कमल सुवेदीको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव सन्तोष वस्यालले गरेका थिए ।

Comments are closed.