अनलाईन कराते कातामा नेपाललाई थप ४ पदक

पोखरा हटलाईन,
असार २०
काठमण्डौ

आईएसकेयु ईन्टरनेशनल अनलाईन काता च्याम्पियनसिप २०२० मा नेपालले थप चार पदक थप्न सफल भएको छ ।ईन्टरनेशनल सोतोकान कराते युनाईटेड (आईएसकेयु) र ईन्स्टिच्युट अफ सोतोकान कराते युनाईटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको दोश्रो दिन थप एक स्वर्ण, एक रजत र दुई कास्य जोडेको हो ।जुनियर क्याटेगोरी अन्तरगत नेपालका प्रनिल मानन्धरले स्वर्ण र सुनिल खड्काले रजत हात पारे । यस्तै लोकमान श्रेष्ठले कास्य पदक हात पारे । सोहि बिधा अन्तरगत महिला तर्फ श्रद्धा थापाले कास्य जितिन् ।अघिल्लो दिन ४ स्वर्ण, ३ रजत र ३ कास्य सहित १० पदक जितेको नेपालले आज थप एक स्वर्ण, एक रजत र दुई कास्य सहित पदक संख्या १४ पु¥याएको छ ।

Comments are closed.