प्रकाश डोटेल
स्याङ्जा ३ बैशाख ।संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगत संचालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसिडीपी) परियोजनामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धानन आयोगमा मुद्दा दायर भएको छ ।
पुतलीबजार नगरपालिकाले नगरका विभिन्न वडाहरुमा कार्यक्रम संचालन गर्न अन्धाअन्धी सामुदायिक सेवा केन्द्रलाई जिम्मेवारी दिदा आर्थिक लेनदेन भएको र कर्मचारी छनौटमा अनियमितता भएको आरोपमा मुद्दा दायर भएको हो ।सेवा प्रदायक संस्था छनौटमा नगरपालिकाका सामाजिक शाखा प्रमुख कपिल गिरीले रकम दुरुपयोग गरेको आरोप लागेको छ । संस्था छनौटमा आर्थिक चलखेल नभएको गिरीले दाबी गरेका छन् ।
अख्तियारमा परेको उजुरीमा नगरपालिकाका कार्यक्रम लागु भएका १, ४, ५, ६, ८, ९ र १२ वडा मध्ये वडा नं. ६ र ९ मा कर्मचारी छनौटमा अख्तियार दुरुयोग भएको आरोप लगाइएको अख्तियार क्षेत्रिय कार्यालय पोखरा श्रोतले जनाएको छ ।
अख्तियारका अनुसार वडा नं. ६ मा बाबु परिक्षक र छोरी परिक्षार्थी तथा वडा नं. ९ मा देउरानी परिक्षार्थी र जेठानी परिक्षक रहेको उजुरी परेको छ । उजुरी उपर छानबिनका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई जिम्मेवारी दिइएको जनाइएको छ ।उजुरी माथि निष्पक्ष छानबिन भईरहेको छ । उजुरी सहि भए नजिकका नातेदार परिक्षार्थी र परिक्षक हुनुले लोकसेवा आयोगको मर्म, भावना र सिद्धान्त विपरित हुने अख्तियारको ठहर छ ।
Comments are closed.