यथास्थिति संविधान नदिन सफल भयौं दिएनौं–प्रचण्ड
माओवादीलाई पाठ पढाउन सकिएन– ओली
पाेखरा ९ माघ।
पैंले जनाएको प्रतिवद्धता अनुसार दलहरुले माघ ८ मा संविधान र यसको मस्यौदा त परको कुरा, संविधान बन्ने आधार समेत प्रस्तुत गर्न सकेनन् । संविधान पर्खेर बसेका नागरिकलाई उनीहरुले निरास बनाइदिएर माघ ८ टारेका छन् । संबिधान सभाको बैठक आज १ बजेसम्मका लागि स्थगित भएको थियाे ।
१ बजे बोलाइएको संविधानसभाको बैठक बसेको छैन । केही बेरमा बस्ने तयारी छ। सत्तारुढ दलको बैठक सकिएको छ । बैठकले संविधानसभामा पेस भएको प्रक्रिाय नै अघि बढाउनुपर्ने र अर्को कोर्ष नबढाउन सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ । विपक्षी मोर्चाले भने सभामा पेस भएको प्रक्रिया फिर्ता लिएर संविधान घोषणाको नयाँ कार्यतालिका बनाउनुपर्ने माग गरेको छ । संविधानसभामा अवरोध गर्ने रणनीतिमै विपक्षी मोर्चा छन्। एकीकृत माओवादी र मधेसवादी दलहरुको अबरोधका कारण संविधानसभाको बैठक स्थगित भएको हो । झन्डै ४ घन्टासम्म पनि उनीहरुले अबरोध गरेपछि सभामुख नेम्बाङ्गले बैठक आजसम्मका लागि स्थगित गरेका थिए ।
विपक्षीले भेटे सभामुखलाई
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम मट्टराईले सभामुखलाई भेटेका छन् । उनहीरुले छलफलबाट गतिरोध अन्त्यको प्रयास गर्न आग्रह गरेको छ । विपक्षी मोर्चाले संविधानसभामा पेस भएको कार्यसूची फिर्ता लिएर संविधान निर्माणको नयाँ कार्यतालिका घोषणा गर्नुपर्ने माग गरेको छ । विपक्षी मोर्चा फेरि संविधानसभा अवरोध अडानमा कायम छ ।
महिला सभासद्को आपत्ति
विपक्षी मोर्चाका महिला सभासदहरुले सभामुखसँग भेटेर मर्यादा पालकले आफूहरुसँग दूव्र्यवहार गरेको गुनासो गरेका छन् । संविधानसभा बैठकमा अवरोध पुर्याउन नारावाजी गरेको बेला मर्यादापालकले धकेला धकेलमा दुव्र्यवहार गरेको आरोप छ ।
नेम्वाङ्गले प्रक्रिया अघि बढाउनुको विकल्प नभएको बताएका छन् । प्रक्रियामा अघि बढाउन आग्रह गर्दै उनले अबरोध हटाउन पनि आग्रह गरे । संविधानसभा भित्र र बाहिर रहेका सबै दलबीच सद्भाव र सहकार्यबाट संविधान बनाउनु पर्छ भन्दै उनले सहमति र सहकार्यका लागि मेरो प्रयासका बाबजूद विषय र प्रक्रियामा सहमति नभएपछि मैले बाध्य भएर प्रक्रियाको प्रारम्भ गर्न चाहेको बताए ।
विपक्षीले नाराबाजी र हुटिङ गरिरहेकैबीचमा नेम्वाङले करिब ४ मिनेट लिखित सम्बोधन गरे । आफ्नो सम्बोधनमा नेम्वाङले संविधानसभाको प्रक्रिया अघि बढ्न नसकेकोमा आफू मर्माहत र चिन्तित भएको बताए । ‘बैठक अवरुद्ध हुँदा कार्यसूचीमा प्रवेश गर्न सकिएको छैन, संविधान निर्माणको प्रक्रियालाई अघि बढाउन यो अवरोधलाई हटाउन अनुरोध गर्दछु’ नेम्वाङले बैठकमा भने, ‘एक वर्षमा संविधान बनाउन गरेको प्रतिवद्धताको हामी अन्तिम अवस्थामा पुगेका छौं ।’ दलहरुवीच बढेको तिक्तताले संविधानसभाको गरिमामा आँच पुग्न गएको आफूलाई महसुस भएको नेम्वाङले बताए । ‘यसले मलाई सम्वेदनशील र गम्भीर बनाएको छ,’ उनले भने ।
यसअघि संविधान दिन नसकेपनि नागरिकसामु क्षमा माग्दै साझा प्रतिबद्धता जनाउने दलहरुको तयारी थियो । बिहीबार अबेरसम्म बसको मुख्य दल्हरुको शीर्ष बैठक विनानिष्कर्ष सकिएपछि बसेको संविधानसभा बैठक नाराबाजीमै सीमित भयोे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीलाई पाठ पठाउन नसकेको बताए । माओवादीको हठका कारण संविधान जारी हुन नसकेपनि संविधानसभा असफल हुन नदिने प्रतिबद्धता जनाएका छन् । संविधानसभा भवनबाट बाहिरनेक्रममा सञ्चारकर्मीहरुसित अध्यक्ष ओलीले पहिलो एक वर्ष असफल भए पनि पूरै संविधानसभा असपल नहुने बताए । ‘व्यवधान पु¥याउने पनि अवधि हुन्छ,’एमाओवादीको अवरोधबारे उनले भने, ‘तर संविधानसभा असफल हुन दिंदैनौं ।’ एमाओवादी धेरै कुरामा सफल भएको उनले व्यङ्गय गरे । माओवादी कुर्चि फोड्नका लागि, जनतालाई संविधान नदिनका लागि सफल भएको व्यङ्गय गरे । ओलीले संविधानसभामा अवरोध गर्दैमा संविधानसभा कब्जा भएको भनी नबुझ्न एमाओवादीलाई आग्रह गरे ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस–एमालेले ल्याउन लागेको यथास्थितिवादी संविधान ल्याउन नदिएको भन्दै गर्व गरेका छन् । ‘नेपाली जनताको चाहना, जनयुद्ध जनआन्दोलन उल्ट्याएर प्रतिगामी संविधान ल्याउन दिएनौं,’ संविधानसभा भवन परिसरमा बिहीबार राति उनले भने, ‘यथास्थितिवादी र प्रतिगामी संविधान ल्याउन सफल हुन दिएनौं ।’ उनले प्रगतिशिल संविधान ल्याउन संघर्ष जारी राख्ने उल्लेख गर्दै तयारीमा रहन जनतालाई अपील गरे । दाहालले आफूले अन्तिम समयसम्म पनि सहमतिको कोसिश गरेको उल्लेख गरे । दाहालले वाचा गरेको दिन संविधान ल्याउन नसकेको भन्दै क्षमायाचना गरे । उनले विपक्षी मोर्चामा कुनै मतभेद नभएको दाबी गरे ।
Comments are closed.