अनुगमन आएका कर्मचारी बदनाम भएर फकिएऽ घटनाबारे छानविन हुँदैः महानिर्देशक खकुरेल

एकराज गिरी


पोखरा ४ बैशाख ।गण्डकी अञ्चलमा सञ्चालित औषधि पसलको अनुगमन गर्न आएका औषधी व्यवस्था विभागका कर्मचारी अनुगमन नै नगरि फर्किएका छन् । औषधि व्यवस्था विभागमा दर्ता हुनुपर्ने भएपनि कास्कीमा सयभन्दा बढी औषधी पसलहरु विना दर्ता संचालन हुँदै आएका छन् ।अनुगमनका लागि आएका औषधी व्यवस्था विभागका अधिकृत पदम पौडेल र भुपेन्द्र पौडेल अर्को साता आउने भन्दै अनुमगन नै नगरी काठमाडौ फर्किएका हुन् । गत शुक्रबार दमौलीमा रहेका औषधी पसलमा अनुगमन गरेको भएपनि पसलका संचालकसँग राती रक्सी खाँदै गरेको अवस्थामा भेटिएका थिए ।

images (2)
मदिरा सेवन गरेको अवस्थामा भेटिएपछि, उनीहरुले शनिबार अनुगमन नै गरेनन् भने आइतबार सञ्चारमाध्यममा समाचार आएपछि, उनीहरु पोखरा आएका थिए । दमौलीमा अनुगमनका क्रममा नौ पसलविना दर्ता संचालन गरेको भेटिएको थियो भने राती तीनै पसल सञ्चालकसँग रक्सीमा मस्त बनेपछि, कार्वाही गर्ने कुरै भएन ।सञ्चारकर्मीले थाहा पाएपछि टोली पोखरा आएको थियो । पोखरामा अनुगमन नै नगरी टोली पर्वत पुगेको थियो । पर्वतबाट फर्किएको टोली फेरी आउने भन्दै काठमाडौ गएको नाम नबताउने शर्तमा एक औषधी व्यवसायीले भने– ‘तनहुँमा बदनाम भएपछि अनुगमन नै नगरि उनीहरु काठमाडौ फर्किएका छन् ।’

बदनाम भएर अनुगमन नै नगरी काठमाडौं फर्किएको टोलीका बारेमा औषधी व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरलेसँग जिज्ञासा राख्दा घटनाका बारेमा छानविन गर्न तनहुँका प्रमुख जिल्ला अधिकारी मार्फत छानविन भैरहेको बताए । उनले स्थानीय घटना भएका कारण त्यहीँको प्रशासन र व्यक्तिहरुलाई बढि जानकारी हुने भएकाले प्रशासनले छानविन गर्ने बताए ।

उनले पर्वतमा समस्या भएर समय लागेको र पोखराका लागि छुट्याईएको समयमा गाडि बिग्रेका कारण काठमाडौं फर्केको बताए । ‘गाडीको डिजेल चुहिएका कारण दुःख पाएको चालकले भनेका थिए ।’ उनले हटलाईनसंग टेलिफोनमा भने– ‘पोखराका लागि दुई दिनको सयम छुट्याईएको थियो, के कारणले हो ।’ महानिर्देशक खकुरेलले भने ।नियम कानुनको पालना गराउने कर्मचारी नै कानुनको खिल्ली उडाउँदै गैरजिम्मेवार बन्दा सर्वसाधारण जनता भने त्यसको मारमा परेका छन् ।यता जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख बालकृष्ण भुषाललाई यसबारे जानकारी लिन खोज्दा उनको फोन उठेन । भुषाललाई कास्कीका प्रमुख जिल्ला अधिकारी कुष्णबहादुर राउतले अनुगमनका लागि पत्र लेख्न गरेको आग्रहलाई समेत लत्याएका थिए ।

अनुगमन गर्ने निकाय नै नहुँदा कास्कीमा दर्ता नै नगरी औषधी पसल गर्नेहरुलाई बल पुगेको छ । शहरमा भन्दा ग्रामिण भेगमा विना दर्ता औषधि पसल संचालन भैरहेको गुनासो सरोकारवालाले समेत गदै आएका छन् । जिल्ला तहमा अनुगमन गर्ने आधिकारीक निकाय नै छैन । जसका कारण दर्ता नगरी पनि औधषी पसल चल्छ भन्ने मानसिकताको विकास भएको नेपाल औषधी व्यवसायी संघ गण्डकी अञ्चल अध्यक्ष यामनाथ पौडेले बताए । उनका अनुसार ग्रामिण क्षेत्रमा ७५ प्रतिशत र शहरी क्षेत्रमा २५ प्रतिशत पसलहरु दर्ता विना सञ्चालन भैरहेका छन् ।

कास्कीमा प्रत्येक वर्ष करिब १५ वटाका दरले दर्ता विना औषधी पसलहरु थपिने गरेका छन् । कास्कीमा अहिले ३ सय भन्दा बढी पसलहरु सञ्चालनमा छन् तर करिब २ सय पसलहरु मात्रै दर्ता छन् । त्यसमा पनि औषधी व्यवस्था विभागमा दर्ता भएका औषधी पसलहरु १ सय ९४ वटा मात्रै छन् । पश्चिमाञ्चलमा भने ३ सय २९ वटा औषधी पसल दर्ता भई संचालनमा छन् ।

Comments are closed.