पोखरा, २६ फागुन
अनुपम म्युजिक पोखराले प्रदान गर्ने अनुपम म्युजिक अवार्ड सम्मानका लागि प्रतिभा छनोट समिति गठन गरेको छ । गजलकार दीपक समीपको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा गीतकार तथा सङगीतकार नवराज बराल र समाजसेवी वीरेन्द्र पालिखे रहेका छन् भने कार्यव्रmम संयोजक तथा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेका छन् ।
गत वर्षदेखि सुरु भएको अनुपम साङ्गीतिक साँझको दोस्रो शृङ्खलाका अवसरमा आगामी २०७२ वैशाख २६ गते शनिबार हुने कार्यव्रmममा १ जनालाई अवार्ड र २ जनालाई सम्मान प्रदान गरिने कार्यव्रmम संयोजक अधिकारीले जनाए ।
कार्यव्रmमका लागि रेन्बो चिल्ड्रेन होम, तीर्थहीर स्मृति प्रतिष्ठान, सम्मोहन साहित्यिक पत्रिका, अभियान युवा क्लब, आदर्श अफ्सेट प्रिण्टर्स, फेवा दोहोरी साँझ एण्ड क्याफे, सह–आयोजक तथा बी. ग्लास एण्ड प्लाइउड, आर.डी. यूनिफर्म, परिचय एडभटाइजिङ, श्यामशुक्ला फिल्म्स प्रोडक्सन र पोखरा कला केन्द्र सहयोगी रहने पनि कार्यव्रmम संयोजक अनुराग अधिकारीले जानकारी दिए ।
Comments are closed.