अन्ततः कास्कीको लेखनाथमा अन्तराष्ट्रियस्तरको चिडियाखना निर्माण हुने भएको छ । पचभैयाको जंगलमा आगामी बैशाख ७ गते चिडियाखाना शिलान्यास गर्ने कार्यक्रम रहेको चिडियाखाना निर्माण समितीका संयोजक तथा युनाइटेड क्लव पोखराका अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए ।
समग्र पोखराको बृहत्तर विकास योजना अन्तर्गत गठित विभिन्न समिति मध्येको चिडियाखाना निर्माण समितिले आफ्नो समितीलाई समेत पूर्णता दिएको छ ।
हालै गठित चिडियाखाना निर्माण समितीको सहसंयोजकमा जिल्ला वन कार्यालय कास्की, जिल्ला पशु सेवा कार्यालय कास्की, पचभैया सामुदायिक वन उपभोक्ता समिती, चैनपुर सामुदायिक बन उपभोक्ता समिती, चायापानी चिसाकुना सामुदायिक वन उपभोक्ता समिती रहेका छन् ।