पाेखरा ३ असाेज
राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ घोषणा गरेका छन्। ‘नेपालको संविधान २०७२ घोषणा नेपाली जनता समक्ष जारी भएको घोषणा गर्दछु’, संविधान घोषणा गर्दै उनले भने।
यसअघि संविधान जारी गर्न राष्ट्रपति रामवरण यादव संविधान सभा भवन नयाँ वानेश्वर पुगेका छन्। संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङले संविधानको प्रति राष्ट्रपति रामवरण यादवलाई हस्तान्तरण गर्दै नयाँ संविधानका पाँच प्रतिमा हस्ताक्षर गरेका छन्।
राष्ट्रपति नयाँ संविधानमा हस्ताक्षर गर्दा सभासदहरुले ताली बजाएर स्वागत गरेका थिए।
संविधानले राष्ट्रिय एकतालाई मजवुत पार्नेछ: राष्ट्रपति
संविधान सभामा बोल्दै राष्ट्रपति रामबरण यादवले संविधानले देशको राष्ट्रिय एकतालाई मजवुत पार्दै लैजाने बताए। नेपाली जनताले झण्डै ७ दशक अघि थालेको लोकतान्त्रिक आन्दोलन र जनताको चाहनाले आज मुर्त रुप लिएको यादवले बताए। उनले संविधान सभामा बोल्दै लोकतान्त्रिक आन्दोलनका सहिद, सहयात्री जनता र जननायकहरुमा सम्ममान प्रकट गरे। उनले सविधानको घोषणा सँगै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताए।
राष्ट्रपति यादबले राज्य शक्तिको स्रोत जनता नै भएको बताए। उनले बहुदलीय संसदीय सशासन प्रणालीमा समानुपातिक र समावेशी भएको बताउँदै अन्य कुरा विकास हुँदै जाने भनाइ राखे। राजनितक थाइत्व समाजिक आर्थिक विकारमा तिव्रताका साथ अगाडि बढ्ने छ।
राष्ट्रपति यादवले हिमाल, तराइ र पहाडका दाजु भाई दिदिवहिनिलाई पारस्परिक एकता सहिष्णुता सहित संविधान सभाबाट प्राप्ता भएका उपल्वधि र संघीय गणतन्त्रलाई सम्वद्वन र संरक्षण गर्न आह्वान गरे। उनले संविधान गतिशिल दस्तावेज भएको बताउँदै उपलब्धि रक्षा गर्दै निरन्तर क्रियाशिल रहन अनुरोध गरे।
Comments are closed.