पोखरा, २५ फागुन । मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस अाइतबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । यो वर्ष ‘महिलाको सशक्तीकरण ः मानवताको सशक्तीकरण’ भन्ने नाराका साथ १०५ औँ अन्तर्राष्ट्रिय महिला दिवस २०१५ विश्वभरिका महिलाले एकैसाथ मनाएका छन् । यसैगरी नेपालमा ‘लैङ्गिकमैत्री संविधान ःमहिला हिंसाको निदान’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइएको हो । दिवसका अवशरमा देशभर जस्तै पोखरामा पनि विभिन्न कार्यक्रम भएका छन् । महिला सम्मान, महिलाका विषयमा अन्तक्र्रिया तथा छलफल, विभिन्न ठाउँमा सहयोग गरि यो दिवस पोखरामा पनि मनाइएको हो । नारी दिवसका अवशरमा केके भए त पोखरामा प्रस्तुत छ प्राप्त केही समाचार ।
रेडियो जननीले मनायो बार्षिकोत्सव तथा आमा सम्मान![Aama samman pic (1)]()
रेडियो जननीले आमा सम्मान कार्यक्रम गर्दै आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । आइतबारदेखि दोस्रो वर्षमा प्रवेश गरेको रेडियो जननीले १०५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस तथा आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा आमाहरुका लागि रेडियो जननी भन्ने लक्ष्य सहित पोखराका २८ वटै वडाका २८ जना सफल आमाहरुलाई “आमा सम्मान कार्यक्रम २०७१” बाट सम्मान ग¥यो । उद्देश्य अनुरुप काम गरेका पोखरा नगरक्षेत्रका उत्कृष्ट ३ वटा आमा÷महिला समूहलाई “जननी अवार्ड २०७१” प्रदान गरेको छ ।
“आमा सम्मान कार्यक्रम २०७१” बाट सम्मानित हुने आमाहरुमा वडा नं १ बाट ६६ वर्षिय भिमादेवी पौडेल, वडा नं २ बाट ७९ वर्षिय राधिका पराजुली, वडा नं ३ बाट ७४ वर्षिय चन्द्रकला पराजुली, वडा नं ४ बाट ५४ वर्षिय जानकी देवी कोइराला, वडा नं ५ बाट ७६ वर्षिय धनमाया थापा, वडा नं ६ बाट ७६ वर्षिय हरिकला पहारी, वडा नं ७ बाट ९७ वर्षिय इन्द्रकला पाध्याय गौतम, वडा नं ८ बाट ९४ वर्षिय कृष्णकुमारी आचार्य, वडा नं ९ बाट उत्तराकुमारी पालिखे, वडा नं १० बाट ९६ वर्षिय पार्वती बुढाथोकी, वडा नं ११ बाट ६५ वर्षिय मुगादेवी बास्तोला, वडा नं १२ बाट ७२ वर्षिय भद्रकुमारी बसेल, वडा नं १३ बाट ८० वर्षिय बाटुली कोइराला, वडा नं १४ बाट ९७ वर्षिय सन्तु दमिनी, वडा नं १५ बाट ६९ वर्षिय असरी तामाङ, वडा नं १६ बाट ६५ वर्षिय गंगा बानिय, वडा नं १७ बाट ७० वर्षिय माया गुरुङ रहेका छन् ।
यसैगरि वडा नं १८ बाट ९० वर्षिय चन्द्र माया कार्की, वडा नं १९ बाट भगवती राउत, वडा नं २० बाट ६९ वर्षिय शान्तिदेवी खत्री, वडा नं २१ बाट ७२ वर्षिय विष्णु माया आचार्य, वडा नं २२ बाट ६८ वर्षिय मालिका देवी क्षेत्री, वडा नं २३ बाट ७६ वर्षिय जसोदा आचार्य, वडा नं २४ बाट ७२ वर्षिय लालकुमारी खत्री, वडा नं २५ बाट ६५ वर्षिय बुद्धिमाया गुरुङ्ग, वडा नं २६ बाट ७६ वर्षिय हरिकला ढकाल क्षेत्री, वडा नं २७ बाट ७२ वर्षिय मिठु पौडेल र वडा नं २८ बाट ९२ वर्षिय डम्बर कुमारी बस्नेत सम्मानित भएका छन् ।
गृहिणीबाट उद्यमीसम्म अभियान
अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रेडियो अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा सेती गण्डकीले संयुक्त रुपमा पोखरामा महिला सशक्तिकरण सम्बन्धी सचेतना अभिमुखीकरण १ दिने तालिमको आयोजना ग¥यो । ‘‘गृहिणीबाट उद्यमी अभियान’’ अन्तर्गत तालिमको आयोजना गरिएको हो ।
विभिन्न २८ वटा वडाका महिलाहरुको सहभागीता रहेको तालिमको सहजीकारण अधिवक्ता जुनाकुमारी गुरुङ, जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत रमेश प्रसाद कोइराला र महिला उद्यमी तथा महिला मत्स्य विकास केन्द्रकी सञ्चालक रामकली खड्काले सहजीकरण गरेकी थिइन् ।
कार्यक्रममा महिला माथि हुने हिंसाको रुप र जिम्मेवारीको सवालमा सहजीकरण गर्दै अधिवक्त गुरुङले अब महिलाले हिंसा प्रतिकार गर्न सक्नुपर्ने बताईन् । कृषि विकास कार्यालय कास्कीका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत कोइरालाले आर्थिक पहुँच बढाउन कृषिमा प्रशस्त सम्भावना रहेको बताउँदै आर्य आर्जनका खेती प्रविधिको बारेमा सहजीकरण गरे । महिला उद्यमी तथा महिला मत्स्य विकास केन्द्रकी सञ्चालक खड्काले समयलाई खेर नफालेर सिप सिक्न तिर जोड दिदैँ महिला आफै सक्षम भएमा कसैप्रति निर्भर र हात फैलाउन नपर्ने बताईन् । कार्यक्रममा रेडियो अन्नपूर्ण प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले महिलाहरु जबसम्म परनिर्भरबाट आत्मनिर्भर बन्दैनन् तबसम्म हिंसामा कमी नआउने बताए ।
वृद्धवृद्धालाई खाद्यान्न वितरण
दिवस कै अवशरमा अखिल नेपाल महिला संघ कास्कीले पोखरा वृद्धाश्रमका जेष्ठ नागरिकलाई भेटघाट गरी खाद्यान्न एवं फलफूल वितरण गरेको छ । अखिल नेपाल महिला संघ केन्द्रीय सचिव सृजना शर्माले महिलामाथि हुने हरेक प्रकारका विभेद अन्त्यका लागि अझै आन्दोलित भएर अगाडि बढ्नुपर्छ बताइन् ।
अखिल नेपाल महिला संघ कास्की अध्यक्ष मित्रकुमारी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सुशीला पराजुलीले गरेकी थिईन् । त्यसैगरी महिला तथा बालबालिका कार्यालयको संयोजकत्वमा आयोजित जुलुस कार्यक्रममा समेत सक्रिय सहभागिता थियो ।
महिला वक्तृत्वकला
संगम बचत तथा ऋण सहकारी संस्था रामबजार पोखरा १५ ले आफ्ना महिला सदस्यहरुकाबीचमा समाज विकासमा महिलाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता गरेको छ ।
प्रतियोगितामा मनु कुँवर प्रथम, विकल्प कुँवर द्वितीय, कोपिला थापा तृतीय र संगीता के.सी(कर्मचारी) र कमला गुरुङ्गले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए ।
नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य तथा मानव विकास मञ्च नेपालका अध्यक्ष सुष्मा पौडेलले महिला दिवसमा गरिएको कार्यक्रम सान्दर्भिक भएको बताउँदै यस्ता प्रतियोगिताले महिलाहरुमा जागरुक ल्याउँदै क्षमता अभिवृद्धि गर्ने बताईन् । विष्णु कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम डिलमाया केसी थापाले संचालन गरेकी थिईन् ।
पौडेल र गिरीलाई सम्मान
संयोग आदर्श नारी समूहले समाज विकासमा योगदान पु¥याएकोमा भन्दै दुई जनालाई सम्मान गरेको छ । पत्रकारीता मार्फत् र विभिन्न अभियानहरु संचालन गरेर समाज रुपान्तरणमा सकारात्मक परिवर्तन ल्याएको भन्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेललाई दोसल्ला तथा सम्मानपत्रद्धारा सम्मान गरिएको छ भने सृजना महिला ऋण तथा वचत सहकारी संस्थाका अध्यक्ष कमला गिरीलाई एकल महिला भएर सहकारीमार्फत् महिला शसक्तिकरणमा योगदान पु¥याएको भन्दै सम्मान गरियो । महिला सीप विकास तालिमका संस्थापक रामकली खड्का र समूहका अध्यक्ष सरस्वती अधिकारीले उनीहरुलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा खड्काले नारी दिवसका अवसरमा सम्मान कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनसमेत आग्रह गरिन् । आदर्श समाज राष्ट्रिय दैनिकका व्यवस्थापक दुर्गादेवी बास्तोलाले दिवसलाई औपचारीक कार्यक्रममा मात्र सीमित नराखी सृजनात्मक काम र अन्य दिदी बहिनीहरुलाई प्रेरणा मिल्ने खालको कार्य गरेकोमा खुसी व्यक्त गरिन् ।
राप्रपा नेपालको महिला भेला
राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपाल कास्कीले वृहत महिला भेला गरेको छ । भेलालाई सम्वोधन गर्दै पार्टीका महामन्त्री चन्द्रबहादुर गुरुङ्गले मृत्युदण्ड दिने कानुन नबनेसम्म महिला हिंसा नरोकिने बताए । उनले महिला हिंसा रोक्न र महिलालाई अग्रसर गराउन राप्रपा नेपाल सधै लागिपरेको बताए ।
जिल्ला अध्यक्ष जयलाल पुन, केन्द्रीय सदस्य कुलबहादुर गुरुङ्ग, आमन्त्रित सदस्य शिवकुमार बाँस्तोला, क्षेत्र नंं.२ की अध्यक्ष गीता गुरुङ्ग, आमा मिलन समूहक अध्यक्ष इन्दिरा पौडेल, संगठनकी छमकुमारी हमाल, सीता थापा, इश्वरीकुमार गुरुङ्ग, पार्वती गौतम, मिनाकुमारी गुरुङ्ग लगायतले महिला हिंसा अझै नरोकिएकोमा दुःख व्यक्त गरे ।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष तेजकुमारी अर्यालयको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संगठनकी रञ्जना सेन पौडेलले गरेको राष्ट्रिय पत्रकार समाज नेपालका अध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रम
अनेम संघ क्रान्तिकारी, अखिल नेपाल ट्रेड युनियन महासंघ कास्की र अखिल क्रान्तिकारी छात्रा विभागको संयुक्त आयोजनामा अन्तरक्रिया भएको छ ।
कार्यक्रममा अनेम संघ क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा तमुवान संयोजक शुसिला सिंखडा दुर्गाले पुरुषहरु महिलाको शत्रु नभई पुरुषवाद महिलाहरुको मुख्य शत्रु भएको बताईन् । सिंखडाले नारी दिवसलाई एउटा पर्वको रुपमा मनाउनु पर्नेमा जोड दिईन् ।
एमाओवादी कास्की जिल्ला उपाध्यक्ष दुर्गा विकले महिला मुक्तिको आन्दोलनमा नेपाली महिलाहरुको ठूलो योगदान रहेको बताईन् ।
अखिल नेपाल टे«ड युनियन महासंघका केन्द्रिय महासचिव जगत सिंखडाले सवैभन्दा पहिले समाजमा चेतनाको विकास गरी महिलाहरु सवै क्षेत्रमा अग्रसर हुनुपर्ने आवश्यकता औंल्याए । अखिल क्रान्तिकारीकी केन्द्रिय सदस्य प्रविणा अधिकारीले महिलाहरुले घरदेखि राज्यसत्तासम्म महिला पुग्नु पर्ने बताईन् । कार्यक्रममा जनयुद्धकी घाइते गोमा घिमिरे, अखिल नेपाल टे«ड युनियन महासंघ कास्की जिल्ला अध्यक्ष राजेन्द्र न्यौपाने, एमाओवादी कास्कीका उपाध्यक्ष गंगा पोख्रेल लगायतले बोलेका थिए ।
लेखनाथमा रक्तदान
नारी दिवसको अवसर मै लेखनाथ बुढीबजारमा लेखनाथ लायन्स तथा लियो क्लवले गरेको रक्तदानमा ४२ युनिट रगत संकलन भएको छ । गण्डकी मेडिकल कलेजका इन्र्चाज सन्तोष कुमार खनालले पहिलो रक्तदाता हरीकुमारी पोख्रेललाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको शुरुवात गरेका थिए । लेखनाथ लायन्स क्लवका अध्यक्ष जगत बरालको सभापत्तित्वमा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की रक्त संञ्चार केन्द्र पोखराका प्रतिनिधीहरुले रक्तदानको महत्व बताएका थिए भने स्वागत कार्यक्रम संयोजक बुद्धि बास्तोलाले गरेका थिए ।
दैनिक खर्च कटाएर सहयोग
कुमुदिनी होम्स पोखरामा अध्यापनरत झण्डै साठी जना शिक्षिका तथा महिला कर्मचारीहरुको समुहले दैनिक खर्च कटाएर जम्मा गरेको पैसाले सामुहिक रुपमा आरोग्य आश्रम, टुटुङ्गा पोखरामा खाद्यान्न , तरकारी, फलफुल तथा लत्ता कपडा वितरण गरेका छन् । मीना पालिखेको नेतृत्वमा गएको समूहले नेपाल कुष्ठ रोग निवारण संघको संरक्षणमा रहेका कुस्ठ रोग प्रभावितहरुको सामुहिक बस्तीका छ जना पुरुष र आठ जना महिलाहरुलाई खाजा , फलफुल, तरकारीका अतिरिक्त एक÷एक वटा ब्ल्यांकेट समेत हस्तान्तरण गरेको थियो ।
सो अवसरमा कुष्ठरोग प्रभावितहरुका नाइके डिलमान सिंह सारु मगरले यसरी आफ्नै बस्तीमा आएर शिक्षिकाहरुको टोलीले सहयोग गरेकोमा खुसि ब्यक्त गरे भने उक्त कार्यक्रमको सहजीकरण गरेकी शिक्षिका रिता अधिकारीले यसरी बिगत चार बर्षदेखि लगातार सामुहिक रुपमा आफुहरुले विभिन्न अवसरमा बिपन्न तथा असहायहरू सँग सुख दुख साट्न पाउँदा आफुहरुलाई आत्मिक आनन्द प्राप्त हुने बताईन् । उनले भविष्यमा पनि सहयोगलार्य सामुहिक रुपमा निरन्तरता दिइने धारणा ब्यक्त गरिन् ।
Comments are closed.