पर्यटकीय सहर मात्र होईन पोखरा। शिक्षा र स्वास्थ्यको पनि शहर हो पोखरा। विश्वका सुन्दर शहरहरूको सूचीमा समावेस भएको स्वच्छ र सुन्दर शहर हो पेखरा। मेला महोत्सव उत्सवको उर्वर शहर पनि हो पोखरा। संग संगै कफी , चीया , चाउ चाउ , वाईन ट्राउट माछा र हस्तकलाका उत्पादनहरूको ब्रान्ड वनेको छ पोखरा। लेखनाथ क्षेत्रमा उत्पादित कफी अमेरिका , जापान र दक्षिण कोरिया पुग्छ। ल्वांगघलेलको चीया अस्ट्रीया र जर्मनीमा पुगेको छ। सार्दिखोला भर्जुनखोलाको ट्राउट माछा उत्पादन हंगकंग , जापान, वेलायत र अमेरिका पुगेको छ। डाडाघरे वाईन अमेरिका , जापान , अस्ट्रेलीया , सिंगापुर , फिनल्यान्ड , इंगल्यान्ड संम पुगेको छ। दक्षिण एशियाको पहिलो चाउचाउ। रारा ब्रान्ड चीन वेलायत अमेरिका र अस्ट्रेलीयको वजारमा पुगेका छन । यसै गरि सुजल फुडसको उत्पादन चोकोफोन चीन र भारतको वजारमा पुगेका छन। हस्तकला द्वारा निर्मित सामग्रीको मुख्य वजारनै विभिन्न देशका सहरहरू हुन। हस्तकलाका सामग्री स्वदेशमै पुर्याउन नसकेको अवस्थामा पनि पोखराको उत्पादन लाई विश्व वजारमा पुर्याउने कार्य भैरहेको छ। पोखरामा उत्पादित वस्तुहरूले विश्व वजारमा प्रवेश पाउनु भनेको पोखरालाई अन्तराष्ट्रीय व्रान्ड वनाउनु हो। यस कार्यलाइ पोखरामा हुने मेला महोत्सवले धेरै सपोर्ट गरेका छन। पोखरामा मुसिर २३ वाट शुरू भएको पोखरा राष्ट्रिय औद्योगिक मेला २०७३ मा पनि याहा उत्पादित ब्रान्ड लाई महत्व दिइएको छ। यसरी मेला महोत्सव हुदै पोखरेली ब्रान्ड विश्व बजारमा जाने गरेको धेरै भयो। यी उत्पादनलाई वढाएर युवा रोजगार सिर्जना गर्दै राष्ट्रीय आम्दानी वढाउनु जरूरी भैसकेको छ। मेलाले नयॉं नयॉं उत्पादनहरूको खोजी गरि अन्तराष्ट्रीय वजारमा पुर्याउन सक्यो भने मात्र मेला महोत्सवहरू महत्व वढन सक्दछ।
Comments are closed.