अन्तराष्ट्रिय मञ्चमा नेपाली नाटक “घेरो”

पोखरा

मोफसलमा इन्द्रेणी थिएटरको लोक नाटक “घेरो”इजिप्टको लक्सर गर्भनेटमा मञ्चन हुने भएको छ । इजिप्टको लक्सरमा हुने “द इन्टरनेशनल थिएटर फेस्टिभल फर साउथर्नयुथ”को छैठौं संस्करणमा सहभागी हुन नाटकको टोली आइतबारकाठमाण्डौंबाट इजिप्ट प्रस्थान ग¥यो ।उक्त नाटकका लागि ९ सदस्यीय कलाकार टोली इजिप्ट प्रस्थान गरेको हो ।

केदार नाथ पौडेलले लेखेको नाटकलाई कपिल शर्माले निर्देशनगर्नुभएको छ ।नाटकमा मादलमा विनोद पौडेल, पुछारे कान्छामा रेम रसाईली , पुछारे कान्छीमा ज्योती हमाल , झाक्री र भैंसीमा कपिल शर्मा , फुरुमैंमा निलम तामाङ् , डाडाघरेमा रामहरि अधिकारी , ढाकामोहनका रुपमा अनिलतिमिल्सिना र प्रकाश व्यवस्थापनमा दिपेन्द्र पौडेल रहेका छन् ।कार्यक्रममा इजिप्टका लागी नेपालका कार्यबाहक राजदुत दिपक घिमिरेकोपनि सहभागिता रहने पौडेलले बताउनुभयो ।उक्त कार्यक्रम मार्च १४ देखि मार्च २० सम्म हुने नाटकका लेखक पौडेलले जानकारी दिंदै अन्तर्राष्ट्रियस्तरका विभिन्न १२ वटा समूहसग प्रतिष्पर्धा हुने बतानुभयो ।इन्द्रेणी थिएटरले उत्पादन गरेको उक्त नाटक नेपाली समाजमा कुरीतिहरुले पारिरहेको असरको विषय समेटीएको लेखक पौडेलले बताउनुभयो ।

नेपाली समुदायबाट लोप हुंदै गएको वालन शैलिमा यसलाई प्रस्तुत गरिएको बताउदैं एउटा सामान्य घटनाको गलत बुझाईले कतिसम्म नकारात्मक असर गर्दछ र समाजका खराब व्यक्तित्वहरुले कसरी त्यसको फाईदा कसरी उठाउछन्भन्ने विषयवस्तु नाटकमा देख्न पाईने र सजिलैसंग बुझ्न पनि सकिने पौडेलले बताउनुभयो ।“वालन शैलिलाई प्रयोग गरिएको, भजनबाट कथावाचन गरिने र गण्डकी प्रदेशको वोलिचालि तथा लवज नै नाटकका वलिया पक्ष हुन्” पौडेलले भन्नुभयो ।लोक नाटक घेरो यसअगी नेपालका विभिन्न क्षेत्र, भारत तथा साउथ कोरियामामञ्चन भइसकेको छ ।

Comments are closed.