अन्तराष्ट्रीय उडान पछि प्याराग्लाईडीङ्गको भविश्य के?

चीरन्जीबी पौडेल,पोखरा,

बहुप्रतिक्षित पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनको पूर्वतयारीमा रहेको छ । एकाधबाहेक सबै संरचना तयारी अवस्थामा रहेका छन् । आउँदो जनवरी १ तारीखमा उडान सुरु गर्ने नेपाल नागरीक उड्डयन प्राधिकरणले जनाउँदै आएको छ । भलै ल्याण्डफिल साईटको व्यवस्थापन नभईसकेको विद्यमान अवस्थामा त्यो मितिमै उडान सम्भव होला या नहोला भन्न सकिदैन ।

विमानस्थल सञ्चालनको दिन नजिकिदै गर्दा पोखरालाई चिनाउने प्याराग्लाईडिङ,अल्ट्राफ्लाईट लगायतका साहसीक गतिविधीको व्यवस्थापन भने चुनौतीपूर्ण बन्दै गएको छ  । पर्यटकिय पोखरास्थित फेवातालमाथी वर्षौदेखि प्याराग्लाईडिङ संञ्चालन हुदै आएका छन् । सुन्दर हिमाल र , फेवातालसहितका दृश्यावलोकनसँगै आकाशमा कावा खानका लागि जो कोही लालायीत हुने गर्छन् । तर पोखरा उपत्यकामै क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगे स“गै नजिकैको सराङ्कोटबाट टेक अफ हुने प्याराग्लाईडिङ् अब बिस्थापन हुने त होईन भन्ने आशंङ्का उब्जिन थालेको छ । जसले गर्दा निश्चित ब्यबसायी र त्यसमा जोडीएका श्रमिकलाई मात्र होईन समग्र पोखराकै पर्यटनलाई क्षति पुग्ने हो कि भन्ने चासोको विषय बनेको हो । “हामी सयौको संङ्ख्यामा प्याराग्लाईडीङ पाईलट छौ । यही पेशाबाट हाम्रो जिविकोपार्जन र परीवारको लालन पालन पनि भईरहेको छ यो बन्द हुदाको अवस्थालाई पनि सोचिनु पर्छ ।” पाईलट शुशिल घिमिरे भन्छन् , “अन्र्तराष्ट्रिय विमानस्थल पोखराबाट संञ्चालन हुनु गौरवको कुराहो तर पोखराको मुख्य आकर्षण प्याराग्लाईडिङलाई कहाँ र कसरी व्यवस्थापन गर्ने सरोकारवालाको ध्यान पुग्नु जरुरी छ ।  ”

त्यसो त प्रमुख पर्यटकिय आकर्षणका रुपमा पोखरालाई चिनाईरहेको प्याराग्लाईङलाई विमानको उडान तालिका नरहेका बेला पोखराबाटै संञ्चालन गरीनुपर्नेमा नेपाल एयरस्पोर्टस एसोसियसन(ना)को माग रहदै आएको छ । ना का अध्यक्ष सुनिल भट्टराईका अनुसार विमानस्लबाट उडान नहुने समयमा २ घण्टाका लागि भएपनि प्याराग्लाईडिङ सञ्चालन हुनु आवश्यक छ । “हामीले पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल निर्माणका लागि पनि आवाज उठाएका हौ तर अहिले निश्चित विकल्प विना पोखराबाट प्याराग्लाईडिङ नै बिस्थापन गरीन खोज्नुप्रति हाम्रो आपत्ति रहनेछ ।”, भट्टराईले भने– “हामी पूर्ण रुपमा विश्वस्त छौ कि अन्र्तराष्ट्रिय विमानस्थलकै कारण पोखराबाट प्याराग्लाईडिङ विस्थापित हुनेछैन ।देशकै गौरबको आयोजना पोखरा अन्तराष्ट्रीय बिमानस्थल निर्माणमा हाम्रो सधै साथ रह्यो,प्याराग्लाइडिङ उडानका लागि विश्वका १०औँ उत्कृष्ट गन्तव्यमध्ये एक पोखरा भएकोले प्याराग्लाइडिङ लाई पनि न्यायोचित ब्यबस्थापन गर्नु अपरिहार्य छ।””नया बिधि तथा प्रबिधिहरुको प्रयोग गरेर जस्तो कि निश्चित एरियामा स्लट् वा एयर स्पेस बक्स् को ब्यबस्था गरेर भए पनि यस पर्यटकीय खेललाई पोखराबाट कुनै पनि हालतमा बिस्थापित गर्नु हुदैन”भट्टराईले पोखरा हटलाईनलाई बताए।नेपाल एयरस्पोर्टस एसोसियसन(ना)ना का अध्यक्ष सुनिल भट्टराई  बिदेशी मुलुकहरुमा हाम्रो जस्तै भौगोलिक अवस्थामा अन्तराष्ट्रीय बिमानस्थल र प्याराग्लाईडीङ्ग् लाई कसरी सन्चालन गरिएको छ,त्यस्तै प्रबिधिको प्रयोगको सम्भावना पनि रहेको बताउछन्।पोखरा उधोग बणिज्य संघका निबर्तमान उपध्यक्ष अर्जुन पोख्रेलले निजि क्षेत्रको करोडौ लगानी र हजारौको संख्यामा रोजगारी दिएको प्याराग्लाईडिङ्ग लाई अन्तराष्ट्रीय बिमानस्थल का कारण बिस्थापित नगरि उचित प्रबिधिक ब्यबस्थापन गर्नु पर्ने बताउछन्।

उता नागरीक उडड्यन प्राधिकरण भने अन्र्तराष्ट्रिय उडानमा पोखराको सराङकोटबाट भईरहने प्याराग्लाईडिङले अवरोध गर्छ कि भन्ने आशङ्कामा रहेको छ ।  प्राधिकरणका एक अधिकारीका अनुसार छिनेडाडामा रहेको विमानस्थलमा विमान अवतरणका लागि सराङकोटदेखि माथिबाट टर्न लिनुपर्ने भएकाले  बिना कुनै क्षती नयाँ विमानस्थल स्थापित गर्नका लागि प्राधिकरण लागिरहेको छ । ती अधिकारीले भने “ पोखरामा भइरहेका आकाशीय गतिविधीलाई बिस्थापित गर्न नहुनमा प्राधिकरण गम्भीर छ तर अन्र्तराष्ट्रिय उडानका क्रममा प्याराग्लाईडिङसहितका आकाशीय गतिविधीले पार्नसक्ने असर र जोखिमबारे पहिल्यै सचेत रहनुपनि उत्तिकै आवश्यक छ । ” प्याराग्लाईडिङ मात्र होईन पोखरा विमानस्थलबाट सञ्चालन भईरहेको अल्ट्रालाईट फ्लाईटको भविष्य पनि नया“ विमानस्थल सुचारुपश्चात के होला भन्ने सबैलाई उत्सुकता रहेको छ ।

करीब ६० नीजि कम्पनिका ३०० भन्दा बढी ग्लाईडर दैनिक रुपमा पोखरा माथीको आकाशमा उडीरहेका हुन्छन् । प्याराग्लाईडिङ बिस्थापित भएको अवस्थामा यस क्षेत्रमा लगानी भएको करोडौ लगानी त खेर जान्छ नै, यसैमा आफ्नो निर्भर भई परीवारको दैनिक गुजारा चलाईरहेका जनशक्तिको रोजगारीको विषय पनि गम्भिर छ । तसर्थ पोखराको परीचयकै रुपमा स्थापित यस्ता गतिविधी बिस्थापन होईन सुरक्षित ढङ्गले सही ब्यबस्थापन हुनु जरुरी छ ।

Comments are closed.