अन्नपूर्णको रत्तदानमा ३ सय ६६ यूनिट रगत संकलन

पोखरा २१ चैत्र । रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको बहद् रक्तदान कार्यक्रममा ३ सय ६६ यूनिट रगत संकलन भएको छ ।“रक्तदान म पनि गर्छु” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रमको प्रहरी नायव महानिरीक्षक डिआईजी पंकज श्रेष्ठले पहिलो रक्तदाता रेडियोका प्रवन्ध निर्देशक सुनयना पालिखेलाई व्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो ।

unnamed (1)
युवा पुस्तालाई रक्तदान गर्नुपर्दछ भन्ने भावनाको विकास र नयाँ रक्तदाताको खोजी अभियानमा सघाउन रेडियोले प्रत्येक बर्ष गर्दै आएको रक्तदान कार्यक्रममा यसबर्ष पनि नयाँ रक्तदाताको उत्साहजनक सहभागिता रह्यो ।१४ औं संष्करणको रक्तदानमा ४० प्रतिशत नयाँ रक्तदाताले रक्तदान गरेको संयोजक विना गुरुङले जानकारी दिनुभयो ।गुरुङका अनुसार रक्तदानमा १ सय ४६ जना नयाँ रक्तदाता, ६० जना महिला र ३ सय ६ जना पुुरुषले रक्तदान गर्नुभएको छ ।रक्तदानमा ४ सय बढिले नाम लेखाएपनि स्वास्थ्यको कारण रगतदान गर्न नपाएकाहरु निसाश हुँदै फर्केका थिए ।

रेडियोको १५ औं बािर्षकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदानको उद्घाटन गर्दै डिआइजी श्रेष्ठले रेडियोले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । रक्तदान कार्यक्रमबाट धेरै रक्त संकलन गर्नुभन्दा पनि नयाँ पुस्तालाई रक्तदान गर्नुपर्दछ भन्ने भावनाको विकास गर्न रेडियोले बर्षेनी रक्तदान कार्यक्रम गर्दै आएको रेडियोका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले बताउनुभयो ।

unnamed (2)
रक्तदानमा साइकल सिटी पोखराका अध्यक्ष जितेन्द्रमान शाक्यले सबै भन्दा बढि ५० औं पटक रक्तदान गर्नुभएको थियो ।कार्यक्रममा कला साहित्य, खेलकुद, राजनीतिक दल, आमा समुह, टोल विकास संस्था, क्लब, कलेज, विद्यालय, सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत विभिन्न संघ संस्थाको ंसाथै पत्रकार, कलाकार, ट्याक्सी चालक, लामा, अधिकारकर्मी, खेलाडी, कालीगढ, व्यवसायी, कर्मचारी, दृष्टिीविहीन, विद्यार्थी लगायतले रक्तदान गर्नुभएको थियो ।

रेडियो अन्नपूर्ण यसक्षेत्रमा सबैभन्दा धेरै रगत संकलन गर्ने संस्थाको रुपमा स्थापित भएको छ भने धेरै युनिट रगत सँकलन गरे बापत नेपाल रेडक्रस सोसाईटीले रेडियोलाई यसअघि नै सम्मान गरिसकेको छ ।कार्यक्रमको अध्यक्षता गर्नुभएका रेडियोका प्रवन्ध निर्देशक सुनयना पाखिलेले रेडियोले आफ्नो स्थापानाकाल देखि नै रक्तदान, सरसफाई, आर्थिक सहयोग लगायतका सामाजिक काम गरिरहेको बताउँदै भविष्यमा पनि रेडियोले गर्ने सामाजिक काममा श्रोता शुभेच्छुक, संघ, संस्थाहरुको निरन्तर सहकार्य रहने विश्वास व्यक्त गर्नुभयो ।

रक्तदान कार्यक्रमलदाई सफल पार्न युनाईटेड रेफरेन्स ल्याब्रोरेटरी (युआरएल) प्रालिले फलफुल तथा जुस प्रयोजन गरेको छ भने सुर्यदेव पोल्टी भरतपुर ४ वेलचोक सेल्स डिपो, बगालेटोलले अण्डा प्रायोजन, रियो उत्पादान कम्पनी सिजी फुड्स, पालिखेचोकमा रहेको सौजन्य फार्मेसी र पेनगुईन मिनरल वाटर हेमजाले समेत सहयोग गरेका थिए । कार्यक्रममा सहभागि भएका समाजसेवी बोधराज कार्कीले आफ्नो जन्म दिनको अवसरमा रक्तदान कार्यक्रमलाई सहयोग गर्नु भएको छ । रेडियोका प्रमुख कार्यकारी अधिृकत श्रेष्ठलाई कार्कीले ५ हजार ५ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ । रक्तदानामा क्षेत्रीय रक्त संचार केन्द्र पोखरा र फिष्टेल नर्सिङले प्राविधिक सहयोग गरेको थियो ।

Comments are closed.