अन्नपूर्ण क्षेत्रमा हराएका पर्यटक भेट्नेलार्इ दुई लाख पुरस्कार

पोखरा, २९ चैत  / अन्नपूर्ण क्षेत्रमा दुई साता पहिलेदेखि हराएका मलेसियन पर्यटक अझै भेटिएका छैनन्। दुईसाता अघिदेखि हराइरहेका मलेसियाका ४७ वर्षिय डेनिस ली अझै सम्पर्कविहीन रहेको प्रहरीले जानकारी दिएको छ । घान्द्रुक घोरेपानी क्षेत्रको खोप्राबाट उनी हराएका थिए। खोजिका लागि परिवार र ट्रेकिङ व्यवसायी खटिएपनि फेला पर्न नसकेको ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)ले जनाएको छ ।

उनको खोजिका लागि परिवार र मलेसियन दूतावातासका पदाधिकारी पोखरा आएका छन्। मलेसियन दूतावासले उनलाई भेट्नेलाई २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको आचार्यले बताए । टानको सहकार्यमा होलिडे ट्रेक्सका पदाधिकारी कुकुरसहित खोजिमा जुटेका छन्।

८ दिनको पदयात्रामा गएका ती पर्यटक खोप्राडााडाबाट टाढापानी आउँदै गर्दा सम्पर्कविहीन भएको टानले जनाएको छ। टान पश्चिमाञ्चल संघका सचिव विनय आचार्यका अनुसार चैत १६ गतेदेखि उनी सम्पर्कमा छैनन् । विभिन्न देशका १० जना पर्यटकको समूहमा होलिडे टिबेट ट्रेक्सबाट पदयात्रामा गएका उनी बेपत्ता भएका थिए ।

उनका अनुसार समूहबाट छुट्टिएर हिडेका उनी अचानक बेपत्ता भएका थिए । उनीसँगै गएका अन्य ९ जना पर्यटक फर्किसकेको उनले बताए ।

Comments are closed.