मंसिर १६
पोखरा हटलाइन
पोखराको सिमलचौर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनप्रिय बहुमुखी क्याम्पसमा पहिलो पल्ट आयोजना भएको अनक्याम्पस हल्ट प्राइज प्रतियोगिताको फाईनल राउण्डको उपाधि टिम मेराकी फुड्सले जित्दै क्षेत्रीय प्रतिस्पर्धाका लागि छनोट हुन सफलभएको । त्यस्तै टिम साझेदारी प्रतियोगिताको दोस्रो भएको थियो भने टिम अन्नपुर्ण तेस्रो हुन सफल भएको छ। प्रतियोगितामा सहभागीटिमहरू मध्धे उत्क्रृष्ट ५ मा पर्न सफल रहेका टिमले फाईनल चरणमा प्रतिस्पर्धा गरेका थिए।
पोखरा लेकसाईड स्थित होटल ल्यान्ड मार्कमा भएको कार्यक्रममा दिब्य न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथिजनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तारा गिरी थिए भने विशिष्ट अतिथिमा जनप्रिय बहुमुखि क्याम्पसका क्याम्पस प्रमुखबिरन्जी गौतमको उपस्थिति थियो। विद्यार्थीहरूको नोबेल पुरस्कार भनेर चिनिने यो कार्यक्रम जनप्रिय बहुमुखी क्याम्पसमा पहिलो पल्टआयोजना भएको हो। प्रतियोगितामा सहभागी टिमहरू मध्ये उत्क्रृष्ट ५ मा पर्न सफल रहेका टिमले विभिन्न आकर्षक पुरूस्कार र पहिलोहुने टिमले नगद पुरूस्कार पाएको थियो।
कार्यक्रमा बोल्दै जनप्रिय बहुमुखि क्याम्पसकि हल्ट प्राइज’ निर्देशक दिब्य न्यौपानेले कार्यक्रम सफल पुर्वक आयोजना गर्नका लागी सहयोग पुर्याउने सम्पुर्णलाई धन्यवाद व्यक्त गरिन।
यो पुरस्कार कार्यक्रममा विद्यार्थीहरुलाई सामाजिक मुद्धाहरु जस्तै खाना, सुरक्षा, खानेपानीको उपलब्धता, उर्जा तथा शिक्षासँगै संयुक्तराष्ट्रसंघको दिगो विकास, भावी योजनाजस्ता विभिन्न शीर्षकमा रहेका समस्याको समाधान गर्ने चुनौती दिइन्छ र विजेता हुनेविद्यार्थीहरुलाई एक मिलियन डलरसहित हल्ट पुरस्कारले सम्मान गरिन्छ। बेर्टिल हल्टले यो पुरस्कार स्थापना गरेका हुन्। हल्ट प्राइजफाउण्डेशनको सहकार्यमा यो प्रतियोगिता सञ्चालन हुन्छ।
यस वर्ष हुन लागेको हल्ट पुरस्कार प्रतियोगिताको थिम ”फुड फर गुड” रहेको छ। लाखौ मानिसलाई प्रभाव पार्न सक्ने नविनविचारहरुलाई विश्वव्यापी प्रतिस्पर्धा गराई उत्कृष्ट विचारलाई सामाजिक उद्यमशिलता प्रवर्द्धनमा लगाउने उद्देश्यले विश्वका १५० भन्दाबढी देशमा हल्ट पुरस्कार प्रतियोगिता सञ्चालन हुने गरेको छ।
Comments are closed.