अपराधको मुल्य अपराधिले व्यहोरनु पर्छ निर्दोषले होईन


कानूनको मुख्य उधिस्य “मान्छेको जीवन, स्वतन्त्रता, सम्पति र सम्मानको सुरक्षा गर्दै मानव जीवन सँग जोडिएका बिभिन्न पक्षहरुको उचित संरक्षण र संबर्धन गर्नु हो। संसारको कुनै पनि कानून मानव जातिको बिरुद्ध जान सक्दैन किनकी मानवता र मानव सभ्यताको सुरक्षाको लागि नै कानूनको जन्म भएको हो । 

कानून बिनाको समाज या राज्य व्यवस्था बर्बर र अमानवीय हुन्छ । कानूनाका निर्माताहरुले कानून बनाऊँदा सामाजिक मूल्य र मान्यताहरु, सदियौँ देखी चल्दै आएका प्रथा र मानवताबादी चलनहरु, अन्तराष्ट्रीय कानूनका सामान्य सिद्धान्तहरु, बैज्ञानिक तथा व्यवाहारिक पक्षहरु लगाएतका सामाजिक निति नियमहरुलाई ध्यान दिएका हुन्छन् ।  

“कानून बमोजिम गर्नु पर्ने काम नगर्नु र गर्न नहुने काम गर्नु नै कानूनको उलङ्घन गर्नु हो”। संसार भरि नै फौजदारी कानून (Criminal Law) लाई सबै भन्दा बढिसम्बेदनशील र कडा कानून मानिन्छ। वर्तमान नेपालमा “मुलुकी अपराध संहिता, २०७४” लाई सामान्य फौजदारी कानून भनेर बुझिन्छ । “मुलुकी अपराध संहिता, २०७४” को प्रस्तावनामा स्पस्ट लेखिएको छ कि “मुलुकमा कानून तथ व्यवस्था कायम गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित, कायम राख्न, विभिन्न धार्मिक तथा साँस्कृतिका समुदायबिचको सुसम्बन्ध तथा शान्ति कायम गर्न फौजदारी कसूर निवारण र नियन्त्रण गर्न र तत्सम्बन्थित प्रचलित कानूनलाई संशोधन र एकिकरण गरी समयानुकूल फौजदारी कसुर सम्बन्धित संहिताको व्यवस्था गर्न वाञ्छनीय भएकाले” “मुलुकी अपराध संहिता, २०७४” लाई नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका-सँसदले बनाएको हो । यहाँ स्पस्ट हुन जरुरी छ कि ‘व्यवस्थापिका संसद’ भनेको नेपाली जनताले लोकतान्त्रीक विधिबाट चुनेर पठाएका आफ्ना प्रतिनिधीको साझा थलो हो । यसबाट के बुझ्नु पर्छ भने “नेपालमा नेपाली जनताले आफ्नो लागि आँफै कानून बनाउँछन्”। र, कानूनको पालना गर्नु प्रत्यएक व्यक्तिको कानूनी कर्तव्य हो ।

            पत्रकार शालिकराम पुडासैनी आत्महत्या( ?) प्रकरण पछि वर्तमान समयमा मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को चौतर्फी व्याख्या र विश्लेषण भई रहेको छ ।  दफा १८५ आत्महत्या गर्न दुरुत्साहन दिन नहुने  (१) कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिती खडा गर्न वा गराउन हुँदैन”।(२) उप दफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई पाँच बर्षसम्म कैद र पचास हजार रुपैयाँ सम्म जरिवाना हुनेछ” । प्राप्त प्रमाणको आधारमा उक्त प्रकारणमा दफा १८५ आकर्षित हुनै सक्दैन । “कानून बनाउँदा कानूनका निर्माताले समाजलाई अँध्यारो तर्फ धकेल्ने कुरा सोचेका हुँदैनन्” भन्ने कुरा कानूनको व्याख्या गर्दा ध्यान दिनै पर्छ ।नेपालको संविधानको धारा १२८ को उपधारा (२) अनुसार “संविधान र कानूनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालत लाई हुनेछ” भन्ने बाट सर्वोच्च अदालत बाहेक अरुले गरेको ‘स्वार्थ अनुसारको व्याख्या’ले कुनै कानूनी रुप लिँदैन/लिन सक्दैन । त्यसैले, यहाँ नेपालको सर्वोच्च अदालतले उक्त दफको व्याख्या नगरे सम्म यस दफाको बारेमा थप बोल्नु बेकार छ ।   

            हो, वर्तमान युगमा ‘सोसियल मिडिया’को महत्व लाई कसैले पनि इग्नोर गर्न सक्दैन । तर “सोसियल मिडिया भनेको दिमागको दुषित फोहोर पोख्ने ठाउँ होईनन्” भन्ने कुरा पनि सोसियल मिडिया मार्फत आफ्नो बिचार प्रकट गर्नेले बुझ्न जरुरी छ । “कुनै पनि निर्दोष व्यक्तिको जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने गरि लेख्नु, बोल्नु, शंङ्केत गर्नु, या अपमानजनक वा अमानवीय  व्यवहार गर्नु वा गराउनु लाई सामाजिक अपराध मात्रै होईन फौजदारी अपराध पनि मानिन्छ ।

मुलुकी अपराध सहिंता २०७४ को दफा १६८ अनुसार “अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने (१) कसैले कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गर्न वा गराउनु हुँदैन” ।

उप दफा (२) मा स्पस्ट उल्लेख छ “उपदफा (१) बमोजिम कसूर गर्ने व्यक्तिलाई पाँच बर्षसम्म कैद र पचास हजार रुपैयाँ सम्म जरीबाना हुने छ” ।

            कुनै पनि घट्नाको अनुसन्धान बैज्ञानिक तरिकाले निष्पक्ष रुपमा गरिनु पर्छ । दोषिलाई कानून बमोजिम कारवाही हुनै पर्छ । तर अनुसन्धानको नाममा ‘प्रतिशोध’ साँध्ने अधिकार कसैलाई पनि छैन ।  कानूनको कुनै वैधानिक ज्ञान नभएका र अनुसन्धानको सामान्य ज्ञान पनि नभएकाले ‘कानूनको व्याख्या’ गरेको र ‘अनुसन्धानको लेक्चर’दिएको बाट स्पस्ट हुन्छ कि ‘हाम्रो चेतनाको स्त र ‘कहाँ  र कस्तो छ’  भनेर । “अनुसन्धान गर्दा वैयक्तिक गोपनियता तथा प्रतिष्ठा विरुद्ध कसूर गर्न पाईन्छ” भनेर नेपालको कुनै पनि कानूने भनेको छैन । तर ‘कसूर गर्न पाईदैन’ भनेर मुलुकी अपराध संहिता २०७४ को दफा २९३ देखी ३०७ सम्म स्पस्ट व्यस्था छ । तर स्याल हुँईँयाँ मच्चाउनेहरु सँग यो पढ्ने, सुन्ने र बुझ्ने हैसियत र क्षेमता नै छैन ।      

            मिडियामा प्राप्त आधार, प्रमाण र कारणको आधारमा पत्रकार शालिकराम पुडासैनी आत्महत्या ( ?) प्रकरणमा सबै भन्दा पीडित भएको देखिन्छ : अस्मिता कार्की ।एउटी निर्दोष महिला माथी समाजको एउटा ठुलो तप्का र सरकार किन यसरी लाग्यो ? यसको जवाफ आउने समयले हामी सबै सँग माग्ने छ । के हामी सँग त्यो जवाफ छ ?एउटी निर्दोष महिला लाई कसूरदार‘ देख्ने आँखाहरु मात्रै होईन उनका बिरुद्ध ठडिएका र ठड्याईएका औँलाहरु पनि एक दिन कुहिएर झर्ने छन् । तर महिला प्रती हाम्रो समाजिक सोच किन यस्तो घृणित?’ अस्मिता कार्की जस्ता निर्दोष व्यक्तिको बिरुद्ध दुर्गान्ध फैलाउनेलाई सोध्नै पर्ने भएको छ: अस्मिताको विरुद्ध  दुर्गन्ध फैलाउँदै गर्दा के तिमीले आफ्नी आमादिदी, बहिनीश्रीमती तथा छोरीको अपमान गरिरका छैनौ र कसैलाई अन्धभक्त भनेर दोष लगाउँदै गर्दा के तिमीले चाहिँ तिम्रो आँखामा दासको पट्टी बाँधेका छैनौ ?    

            भगवान कृश्णले महाभारतमा भनेका छन् “त्यो सरकार, त्यो सामज जस्ले एउटी महिलालाई न्याय दिन सक्दैन एक दिन त्यो सरकार र त्यो सामजले रगत दिएर आफ्नो अपराधको मुल्य चुकाउनु पर्छ” ।

अस्मिता बहिनी, दुषित र दुर्गान्धीतको चक्रव्युह बाट बाहिर निस्के पछि सायद तपाईले देख्नु हुने छ कि “समाजका दुषित किराहरु कती बलिया र दुर्गान्धीत रहेछन्”भनेर । तर यो नविर्सनु होला कि “यी दुषित र दुर्गान्धीत किराहरुको बिरुद्ध मानव सभ्यता तपाईको साथमा छ” भनेर । अपराधको मुल्य अपाराधिले व्यहोरनु पर्छ निर्दोषले होईन ।            

Comments are closed.