पोखरा भाद्र १८ गते । मिति २०७३।०५।११ गते भारत उत्तर प्रदेश महाराजगंञ्ज जिल्ला सुनौली जुगौली घर भई काम विषेशले पोखरा आएको भारतीय नागरिक सोनु भन्ने खुर्सीद अहमदलाई मिति २०७३।०५।१२ गते देखी पोखराको अज्ञात स्थानमा अपहरण गरी बन्धक बनाई राखेको र अपहरणकारीले पिडितका दाजुसंग एक करोड रुपैया माग गरेको, उक्त रकम नदिएमा तथा प्रहरीमा खबर गरेमा निज सोनु भन्ने खुर्सीद अहमदलाई मारी दिने धम्की दिएको भन्ने सुचना यस कार्यालयमा प्राप्त भएपछी परिचालित भएको कास्की प्रहरीको विशेष टोलिले घटनाको सुक्ष्म अनुसन्धान गरी खोजतलास गर्दै जांदा मिति २०७३।०५।१३ गते सांझ जिल्ला कास्की लेखनाथ नगरपालिका वडा नं ८ शिशुवा स्थित अशोक अधिकारीको घरमा निजलाई बन्धक बनाईएको र निज उक्त घरको पछाडिबाट डोरी लगाई तल झर्दै गरेको अवस्थामा फेला पारी स्थानिय व्यक्ति र प्रहरी टोलीले उद्वार गरेको, घटनास्थलबाट प्रहरीले Made in USA लेखिएको पेस्तोल थान-१बरामद गरेको । सो घटनाको थप अनुसन्धान गर्दै जांदा पिडित सोनुलाई अपहरण गर्न प्रयोग गरेको गाडिका चालक भारत उत्तर प्रदेश गोरखपुर जिल्ला हमादीपुर घर भई हाल जि.कास्की पोखरा उ.म.न.पा.बडा नं. ९ नयाँबजार बस्ने बर्ष २५ को शाहाबुद्धिन कुसेरीलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट मिति २०७३।०७।१७ गते म्यादथप गरिएको । उक्त घटनामा संलग्न जि.नवलपरासी कावासोती न.पा.वडा नं ११ बस्ने बर्ष २१ को अरुण घलेलाई मिति २०७३।०५।१७ गते रुपन्देहीबाट पक्राउ गरी यस कार्यालयमा झिकाईएको , संग्लन अन्य अभियुक्तहरुको खोज-तलास तथा थप अनुसन्धान कार्य जारी रहेको ।
Comments are closed.