अपाङ्गता अधिकारसम्बन्धि ऐन कानुन आवश्यक

पोखरा, ८ चैत/मस्तिष्क पक्षघात तथा विकासक्रम ढिलाई भएका बालबालिकाहरुको सहयोगका लागि गठित अभिभावक समूहको आयोजनामा पोखरामा अपाङ्गता सम्बन्धि बनेका विविध ऐन नियमहरुबारे अभिभावकहरुसँग अभिमुखीकरण कार्यक्रम भएको छ ।

साथी संसार नेपाल, विरौटाको व्यववस्थापनमा भएको कार्यक्रममा प्रमुख प्रशिक्षक दृष्टिविहिन अधिवक्ता तथा पृथ्वीनारायण क्याम्पस शिक्षा विभागका सदस्य श्रीकान्त सापकोटाले विविध ऐन नियमको बारेमा अभिभावकहरुमा जानकारी गराएका थिए ।

उनले मस्तिष्क पक्षघात भएका तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको अधिकार प्राप्तीका लागि अभिभावकहरु सचेत तथा एकताबद्ध हुनुपर्ने बताए । सापकोटाले अन्याय र हिंसामा परेका अपाङ्गता भएका बालबालिका र महिलाहरुको लागि आफूले निःशुल्क कानुनी सहायता प्रदान गर्न पहल गर्ने कुरामा समेत जोड दिए । अभिभावक संघका अध्यक्ष रमेश सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा समूहका सल्लाहकार पदम सुवेदी, प्रमिला जोशी, साथी संसार नेपालका व्यवस्थापक लुनी शाक्य, अभिभावक मिनप्रसाद ढकाल लगाएका वक्ताहरुले मन्तव्य राखेका थिए ।

Comments are closed.