पोखरा, ८ कात्तिक
कास्की २ को उप निर्वाचनमा नेकपाकी उम्मेद्वार विद्या भट्टराई अधिकारीले अफवाह फैलाउनेलाई जनताले ठेगान लगाउने चेतावनी दिएकी छन् । चुनावी घरदैलोका क्रममा पोखरा–१६ अर्मलामा आइतबार विहान आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले कांग्रेसले संस्कृति र संस्कारप्रति भ्रम फैलाएकाले जनता जनार्दनले चुनावमार्फत कांग्रेसलाई जवाफ दिने बताएकी हुन् ।
विश्वासले संसार जितिन्छ,‘उनले भनिन्,‘जोसुकैले जस्तोसुकै अपवाह फैलाएपनि जनता जनार्दन हुन्, जनताले न्याय र अन्याय अनि झूठ र सच्चाई के हो आफै छुट्याउन सक्षम छन्, मप्रति अफवाह फैलाउने कांग्रेसलाई जनताले आफैले जवाफ दिनेछन् ।’ जनतामा फैसला गर्ने सामथ्र्य रहेकाले न्याय दिनेमा आफू ढुक्क रहेको उनको भनाई छ । कांग्रेस भ्रमको खेतीमा लागेको भन्दै उनले आफू त्यस्तो भ्रमको खेतीमा नलाग्ने बताइन् ।
नेकपा उम्मेद्वार विद्याले आफू उच्च प्रतिद्धता र योजनाका साथ उम्मेद्वार भएकाले आफूलाई जिताउनेमा जनताप्रति उच्च विश्वास रहेको बताइन् । जनताको सेवा गर्न सबैकुरा त्यागेर जनता समक्ष आएको बताउँदै बिजयी भएपछि देश र जनताको सेवामा तल्लिन हुने उनले प्रतिबद्धता जनाइन् ।
उम्मेद्वार विद्याले अर्मलादेखि मौजासम्मको बाटो ३ वर्ष भित्रमा कालोपत्रे गरिसक्ने घोषणा गरिन् । अर्मलाकोटलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने कार्य अगाडि बढिसकेको भन्दै उनले यहि कार्यकालमा यसलाई पूर्णता दिइने बताइन् । अर्मलाको विकासका लागि गुरुयोजना बनाएर काम गर्ने र अर्मलामा रहको होमस्टे, ढिकीडाँडालगायतको प्रवद्र्धनका लागिपन िप्रतिबद्धता जनाइन् ।
कार्यक्रममा बोल्दै नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले बृहद खानेपानी योजनाको निर्माणको कार्य अघि बढिसकेको बताउँदै यसलाई चाँडै सम्पन्न गरिने बताए ।
नेपाल ओलम्पिक कमिटीका सदस्यसमेत रहेका नेकपा नेता तेजबहादुर गुरुङले नेकपाले मात्रै विकास र समृद्धी ल्याउन सक्ने भएकाले भोट दिएर विद्यालाई जिताउन आग्रह गरे ।
त्यस्तै नेकपा नेताहरु मिना गुरुङ, विनय थापा, गोमा गौतमलगायतले महिलालाई जिताउने ऐतिहासिक अवसर आएको बताउँदै विद्यालाई जिताएर कास्कीमा महिला नेतृत्व स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।
बाटुलेचौरमा रहेको मातृशिशु अस्पतालकी उषा बरुवाल, लक्ष्मीनारायण आमा समूहकी अध्यक्ष सपना जिसीलगायत स्थानियबासीले विद्याबाहेक अरुलाई हात काटिएपनि भोट नदिने प्रतिबद्धता जनाउँदै त्यसको सट्टामा अर्मलाको विकासको डालोमा टालोमा थपी दिन आग्रह गरेका थिए ।
Comments are closed.