नेपाल भारतमा केटाहरु पर्खालको छेउ लागेर होस वा रुखको ओत लागेर उभिएरै पिसाव फेर्छन । यसो गर्नु अनैतिक र असभ्य कार्य हो । तर बिकल्प केही भएन भने के गर्ने ? प्रश्न उठ्छ । महिलाहरुसँंग यही बाध्यता र असभ्य बन्ने बिकल्प पनि हुँंदैन ।
सार्वजनिक सौचालय सजिलै भेटिदैन, भेटिइहाले प्रयोग गर्न लायक हुँंदैन । यस्तो अवस्थामा महिलाहरुसामु दुई बिकल्प हुन्छन्–पहिलो स्वास्थ्यको ख्यालै नगरी घण्टौ नियन्त्रण गर्ने वा दोस्रो फोहोर सार्वजनिक सौचालय प्रयोग गरी संक्रमणको खतरा मोल्ने । भारतमा जस्तै नेपालमा पनि सार्वजनिक सौचालयको अभाव र वेहाल छदैछ ।
तर अब महिलाहरुका लागि तेस्रो बिकल्प पनि भारतमा उपलब्ध भएको छ । भारतमा पी–बडी नामक उपकरण पाइन थालेको छ,जसले महिलाहरुलाई उभिएरै पिसाव फेर्ने र इज्जत पनि नगुमाउने अवसर दिन्छ । पी–बडी यस्तो उपकरण हो,जसको प्रयोग गरेर महिलाहरुले उभिएरै पिसाव फेर्न सक्छन् ।
यो किट पहिलो पटक बनाउने भारतीय व्यवसायी दीप बजाज भन्छन्,‘ यो एक नली जस्तै किट हो,जसको प्रयोग गरेर महिलाहरुले उभिएर पिसाव फेर्न सक्छन् । यसलाई प्रयोग गरेपछि उचित ठाउँंमा फ्याक्न सकिन्छ । यसको प्रयोगले फोहोर ट्वाइलेटमा बसेर संक्रमणको जोखिम मोल्नु परेन ।
भारतमा फोहोर ट्वाइलेट प्रयोग गरेरका कारण वर्षेनी हजारौ महिलाहरुको मुत्रथैली इन्फेक्शन हुने गरेको छ । पी–बडीको प्रयोग गरेर यस्तो खतराबाट बच्न सकिन्छ । यसले गर्भवती महिलाका लागि झनै सुरक्षित तुल्याउँंछ । त्यसैगरी यो जसलाई ढाड वा कम्मरको दुखाईका कारण सजिलै घोप्टो पर्न र बस्न मिल्दैन,उनीहरुका लागि झनै लाभदायक हुने देखिन्छ ।
विशेष गरी यात्राका समयमा हुने अप्ठ्यारोमा यो उपकरण विशेष लाभदायक हुनेछ । पश्चिमा देशहरुमा यस्तो उपकरण निकै लाभदायक र सर्वसुलभ भए पनि भारतमा भने पहिलो पटक पाइन थालेको हो । यसको प्रयोग गर्न सुरु गरेका महिलाहरुले यसलाई राहतको रुपमा लिएका छन् ।
(बिबिसी हिन्दी अनलाईनबाट)
Comments are closed.