अभिनेता पल शाह फिल्ममा फर्कने तयारी

काठमाडौं,  अभिनेता पल शाह फिल्ममा फर्कने तयारी गरिरहेका छन् ।

कुनै फिल्ममा साइन नगरेपनि दैनिक एक फिल्मको अफर आइरहेको छ , तर ठ्याक्कै कुन फिल्मबाट पुनरागमन गर्ने भन्ने टुंगोमा उनी पुगेका छैनन् ।

यद्यपि, पुष्पन प्रधानद्वारा संगीतबद्ध ‘तिमीलाई हेर्ने बानी पर्यो’ को फिमेल भर्सनमार्फत उनले म्युजिक भिडियोमा कमब्याक गर्ने पक्का भएको छ ।

मंगलबार उक्त गीतको रेकर्ड पुतलीसडकस्थित पल निकट संगीतकर्मी योगेशकाजीको स्टुडियोमा भएको छ । फिमेल भर्सनमा अनु चौधरीको स्वर रहेको छ ।

पलले फिल्म र संगीत करिअरलाई नयाँ ढंगबाट अघि बढाउन खोजिरहेको देखिन्छ ।

सोहीअनुसार उनले फिल्म गर्दा पारिश्रमिक मात्र नभएर सेयर पनि लिने सर्तमा फिल्म खेल्ने तयारी गरेका छन् ।

एउटा म्युजिक भिडियो गरेबापत २ देखि ३ लाखसम्म पारिश्रमिक लिने डिमान्ड पलले गरेको खबर हालै सार्वजनिक भएको थियो ।

Comments are closed.