अमनले सात चरित्रको भुमिकामा अभिनय गरेको म्यूजिक भिडियो आज रिलिज हुदै

  पोखरा,९ असार । अमन विक्रम थापाले सात चरित्रमा अभिनय गरेको म्यूजिक भिडियो आज हाईलाईट्स नेपालले रिलिज गर्देछ । पोखराका अमन विक्रम थापा परिचय दिनु पर्ने नाम होईन । सानै उमेर देखि समाज सेवा गर्दे हुर्केका थापा बल्ल २४ वर्षमा टेकेका छन् । तर उनको समाज सेवा प्रतिको लगाव र शरिरको आकार हेर्दा २४ वर्षको जस्तो लाग्दैन् । उनै समाज सेवी अमन विक्रम अभिनयमा पनि प्रखर छन् । पोखराका नाम चलेका धेरै होटल रेष्टुराको विज्ञापनमा अभिनय गरेर सबैको वाह वाही पाएका उनी अषिम जङ्ग कार्कीको स्वरमा रहेको “जिवनको बाटो”बोलको गीतमा पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेको छ । उनै थापाले अभिनय गरेको म्यूजिक भिडियो आज हाइलाईस् नेपालले पहिलो पटक यूट्युबबाट रिलिज गर्दे छ । यस म्यूजिक भिडियोको लागि उनले आफ्नो ७० के.जि को शरिरलाई ८२ के.जी बनाउनु परेको थियो । यति धेरै मेहेनेत गरेको म्युजिक भिडियो निकै धेरैले मन पराउनेमा उनी ढुक्क छन् । अषिम जङ्ग कार्कीको स्वर, नेत्र गुरुङको सम्पादन ,सुरज श्रेष्ठको छायाँकन ,सुवाष सुवेदीको निर्देशनमा बनेको म्यूजिक भिडियोमा अमन विक्रम थापा ,स्रिष्टिका गुरुङ ,अंकिता सापकोटा , प्रियंका श्रेष्ठ , सुलोचना शाक्य लगायतका स्थानीय कलाकारको अभिनय रहेको छ । हालै सम्पन्न निर्वाचनमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर पदका प्रत्यासी र लस सोसाईटीका अध्यक्ष समेत रहेका थापाले अब छिट्टै“लस सोसाईटी ग्याङ्ग स्टार” फिल्म समेत निर्माण गर्ने तयारीमा जुटेका छन् ।

 

Comments are closed.