अमरसिंह उच्च माविमा ताला माथि ताला

11825760_10206590650156416_5726273233960778562_n

पोखराको अमरसिंह उच्च माविमा प्रधानाध्यापक नियुक्तीको विवादमा बुधबार गेट बाहिर टायर बालेर विरोध गर्दै विद्यार्थीहरु । अमरसिंहमा उत्पन्न विवाद साम्यभन्दा झन् बढ्दै गएको छ । शिक्षकहरुकाबीचमा नै ताला लगाउने र फोड्ने भैरहेका बेला पढाई हुनुपर्ने माग गर्दै विद्यार्थीले नै फेरि मुख्य गेटमा ताला लगाएका छन् । विद्यालयका प्रधानाध्यापक नवराज पौडेलको कार्यकाल सकिएपछि जिल्ला शिक्षा कार्यालयले विद्यालयको प्रधानाध्यापकमा केशव आचार्यलाई नियुक्ती गरेपछि शिक्षक संगठनकै विचमा विवाद बढ्दै गएको हो ।

Comments are closed.