पोखरेलीहरुको सुविधालाई ध्यान दिएर अमेरिकामा पनि नगरपालिकाको नक्सा पास शाखा स्थापना गरेको खबर छ । अबदेखि अमेरिकामा बस्दै आएका पोखरेली नागरिकहरुले आफ्नो घरको नक्सा पास, घर निर्माण सम्पन्न प्रमाण–पत्र लगायत धितो मूल्याङ्कन जस्ता प्राविधिक कामका लागि अमेरिकाको सिटी काउन्सिल धाउनु पर्ने छैन । पोखरेली नागरिकको सुविधालार्ई मध्यनजर राख्दै पोखरा नगरपालिकाले अाफ्नो एकजना सिनियर इन्जिनियरको नेतृत्वमा नक्सा पास शाखा त्यहाँ खोलेको हो । उक्त टोलीमा २ जना जुनियर इन्जिनियर एकजना ओभर सियरका साथै एकजना मेकानिकल इन्जिनियर छन् ।
आवश्यक पर्ने नक्सा पास, जाँचपास निवेदन फाराम उपलब्ध गराउन एक जना स्टोर किपर र आवश्यक दस्तुर रकम बुझ्न एकजना लेखापाल पनि काजमा सरुवा गरिएको छ । बार्षिक हिसावकिताव गडबड भएमा हिसाब दुरुस्त मिलाउन एकजना लेखापरिक्षकको पनि दरवन्दी कायम गरि अमेरिकामा नै खटाइएको छ ।
उक्त शाखाले जनवरी महिनाको १५ तारिखबाट आफ्नो काम सुरु गरेको शाखाका प्रमुख रहेका सिनियर इन्जिनियर रस मोहन शर्माले जानकारी गराएका छन् । आफ्नो अमेरिका शाखाको अनुभव सुनाउँदै उनले भने “यहाँ काम गर्न सजिलो रहेछ । पोखरामा २÷३ तला भन्दा माथीको घर नक्सा पास गर्दा नानाथरीको घुमाउरो प्रक्रिया अपनाउनु पर्दैनथ्यो । यहाँ त ५०-६० तला पनि सजिलैसँग नक्सा पास गर्न पाइने रहेछ । त्यसैले काम गर्न यही सजिलो छ” शर्माको कथन थियो ।
हटलाइन दैनिककाे रमितेकाे कलम स्तम्भबाट ।
Comments are closed.