अमेरिकामा स्वेताको यस्तो क्रेज

नेपाल फिल्म सोसाईटी, अमेरिका नेपाल टेलिभिजन र बिआरटि नेपाल डटकमको संयुक्त आयोजनामा अमेरिकाको कोलोराडो स्थित बु्रमफिल नगरमा ‘खुम्बुकोल्स् ग्लोबल नेपाली फिल्म अवार्ड २०१६’ सम्पन्न भएको छ । उक्त अवार्ड समारोहमा नेपालबाट झण्डै आधा दर्जन बढी नेपाली कलाकारहरु सहभागी भएका थिए भने अमेरिकामा रहँदै आएका नेपाली कलाकारहरुको पनि बाक्लो उपस्थिती रहेको थियो । पूर्व सूचना तथा सञ्चार मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा भएको अवार्ड कार्यक्रममा फिल्म अवार्ड, पर्बतारोहीहरुलाई सम्मान तथा अभियान अर्वाड समेत वितरण गरिएको थियो ।अवार्डमा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो, जुन सम्मान उनकी श्रीमती तथा नायिका स्वेता खड्काले ग्रहण गरेकी थिइन् । सम्मान ग्रहणपछि स्टेजमा बोल्दैगर्दा श्वेता केही बेर भक्कानिएकी थिइन् । अवार्ड कार्यक्रममा स्वेतासँग सेल्फी खिच्नेको भिड देख्दा लाग्थ्यो अमेरिकामा पनि उनको क्रेज अन्य सेलिब्रेटीहरुको भन्दा कम छैन ।sweta-in-usaअझ नायक भुवन केसी र शिव श्रेष्ठसँग सेल्फी खिच्नका लागी अमेरिकामा रहेका नेपालीहरुको हानाथाप नै भएको थियो । कार्यक्रममा बसुन्धरा भुषाल, शिव श्रेष्ठ, भुबन केसी, शम्भुजित बास्कोटा, सुनिल थापा, नन्दिता केसी, नारायण त्रीपाठी, शिबहरी पोड्याल, महादेब त्रीपाठी लगायतका कलाकारहरूले आफ्नो प्रस्तुती समेत दिएका थिए ।

Comments are closed.