अमेरिकी चुनावले पढाएको पाठ।

माहाशक्ति राष्ट्र अमेरिकाले ४५ औ राष्ट्रपतिको छनोट भखर गरेको छ। वर्ष भरिको चुनावी अभियानले चार वर्षकोलागि विश्राम पाएको छ।अमेरिकाका धनाण्ड्य डोनाल्ड जे ट्रमले सत्तारूढ डेमोक्र्याटिक पार्टिका वहुचर्चित उमेदवार हिलारी क्लिनटनलाइ पराजित पारेका हुन। राष्ट्रवादको चर्को नारा लगाएका ट्रम्पले रैथाने गोराहरूको मन जित्न सफल भए। चुनावका वेलामा हिलारीले वौद्धिक र सत्ता अनुभवको भाषणले कुनै काम गरेन। ट्रम्पले उठाएका उत्तेजक नाराले काम गर्यो। ट्रम्पले सिधै आप्रवासीमाथि आक्रमण गरे। मेक्सिको वाट छिरेकाले अपराध वढेको र अमेरिकाको वदनाम हुदै गएकोले त्यसलाइ रोक्न मेक्सिकोको वोर्डरमा पर्खाल लगाउने , मुस्लीमहरूको आगमनलाइ प्रतिवन्धलगाउने कागजपत्र नभएका आप्रवासीलाइ फिर्ता पठाउने र अमेरिकीलाइ रोजगार दिलाउने, ठुला ठुला व्यावसायीहरूलाइ करमा सहुलियत दिने जस्ता नाराले उनलाइ विजयी वनायो। अमेरिका जस्तो लोकतान्त्रिक मुलुकका जनतामा यसरी राष्ट्रवाद जसको परिणाम ट्रम्पलाइ ह्वाइट हाउस प्रवेस सहज भयो। एक वर्ष पुरै प्रचारमा तानिएका ट्रम्पले विजयी हुन्छन भन्ने कमैले भनेका थिए। कर छली गरेको , वोलीको ठेगान नभएको महिला प्रति अमर्यादित व्यवहार गर्ने , चरित्रहिन जस्ता आरोपहरूलाइ पनि अमेरिकी जनताले पचाए। मुस्लिम आतंकवाद लाइ देशनिकाला गर्ने र ओवामाले ल्याएका कार्यक्रमहरू खारेज गर्ने जस्ता अतिवादी नारालाइ अमेरिकीहरूले मन पराए जसको कारण ट्रम्प विजयी भए। डेमोक्र्याटहरूले दुइ कार्यकाल सत्ता संचालन गरिसकेको कारण पनि पुन तेस्रोपटक मतदाताले नया परिवर्तन खोजे त्यसको कारण पनि ट्रम्प लाइ सहज भयो। अमेरिका एउटा नीति र सिद्धान्तले संचालन हुदै आएको राष्ट्र हो। जहा जो विजयी भए पनि अमेरिकी नीतिमा ठूलो परिवर्तन हुदैन। चुनावमा जे जस्तो भाषण गरे पनि त्यहाको संविधान नीति कानुनले ट्रम्पलाइ मन परि गर्न दिदैन। क्लिन्टनका पक्षधरहरूले जति सुकै नारावाजी र अनुमानको भर यो हुन्छ र हुन्छ भन्ने गलत भ्रम हो। जे होस अमेरिकी जनताको रोजाइ सवैको रोजाइ हो ट्रम्पलाइ धेरै धेरै वधाइ छ।

Comments are closed.