अर्गानिक कफी पारखीका लागि पोखरामा हिमालयन जाभा

पोखरा मै अरु दुई शाखा विस्तार गर्ने तयारी


अमृत सुवेदी/ पोखरा ३२ जेठ
अव नेपालमा कफी संस्कृति नौलो रहेन । चियामा अभ्यस्त नेपालीका लागि पछिल्लो समय कफीको भिन्न खाले स्वाद लत बन्दै गएको छ । पोखरामा पनि पछिल्लो समय कफी सपहरु खुल्ने क्रम बढ्दै गएका छन् । कफीका पारखीहरू नयाँ–नयाँ कफी सप खोज्छन् अनि त्यहाँको माहोल र कफीसँगै रमाउँछन्न् । कफीको स्वाद लिएर थकान मेटाउँदै पुस्तक तथा म्यागेजिन पढ्न, ल्यापटपमा अफिसको वा व्यक्तिगत काम गर्न कफी सप जाने चलन पोखरामा पनि बढ्दै गएको छ । कफी सहरमा संस्कृतिकै रूपमा फैलिसकेको छ । पोखराका कफी पारखीहरुका लागि पोखरामा चार महिना अगाडी मात्रै खुलेको कफी सप हो हिमालयन जाभा । तर, कफी पारखीहरुका लागि हिमालयन जाभा नयाँ नाम भने होइन । हिमालय जाभा विश्व मै एउटा ब्राण्डका रुपमा चिनिएको छ । 11350519_1408140926179604_3419110500127540377_n
हिमालयन जाभाका ब्लूबर्ड त्रिपुरेश्वर, सुन्धारा, कमलादी, मण्डला ठमेल, कमलपोखरी, बसन्तपुर, भक्तपुरमा लगायत देशका १४ ठाउँमा शाखा विस्तार भएको छ । जाभाले पर्यटक धेरै आउने ठाउँ पोखरासँगै, जोमसोम, लुक्ला र नाम्चेमा पनि शाखा विस्तार गरेको हो । नेपालमा १५ बर्ष अगाडी खुलेको हिमालयन जाभा कफी सपले पोखराको लेकसाइडमा शाखा विस्तार गरी कारोबार सुरु गरेको चार महिनामै ग्राहकको माया पाएको छ । ‘पोखरा पर्यटकीय ठाउँ हो । तर, हामीले स्वदेशी पर्यटकलाई लक्षित गरी पोखरामा हिमालय जाभाको शाखा विस्तार गरेका हौं’ जाभाका संचालनक गगन प्रधानले भने ‘हामीले छोंटो समयमै माया पाएका छौं । नेपालमा हिमालयन जाभाको नाम एउटा ब्राण्ड भैसकेको छ ।’ क्यानडा, अमेरिका, चीन, अष्ट्रेलिया लगायतका थुप्रै देशमा शाखा विस्तार गरिसकेको जाभाले नेपालका कफी किसानलाई पनि माथि उठाउन सहयोग गर्ने प्रधानले बताए ।

11406832_1408140659512964_3858941420209497428_nपोखरामा जाभाको शाखा विस्तार भएको चार महिनामै पोखराकै अरु दुई ठाउँमा शाखा विस्तार गर्ने योजना बनाएको छ । पोखराको लेकसाइड मै र न्यूरोडमा शाखा विस्तारको तयारी रहेको प्रधानले बताए । शाखा विस्तारका लागि उचित ठाउँको खोजि भैरहेको उनले जानकारी दिए । हिमालयन जाभाले स्थानीय तथा नेपाली उत्पादनको मात्र प्रयोग गर्ने गरेका कारण पनि लोकप्रीय भएको हो । पोखरामा रहेको जाभाले कास्की, पर्वत, तनहुँ, काभ्रे, गुल्मी लगायतका ठाउँबाट कफी आयात गर्ने गरेको छ । जाभामा स्थानीय तथा स्वदेश मै उत्पादित कफी मात्र प्रयोग गरी बनाइएका सबै प्रकारका कफीको स्वाद लिन पाइने कम्पनीले जनाएको छ । कफी उत्पादन गर्ने देशका रुपमा नचिनिएको नेपाललाई कफीबाट अन्तर्राष्ट्रिय रुपमा चिनाउने काम हिमालयन जाभाले गरेको प्रधानले बताए । एक्सप्रेसो, अमेरिकानो, लात्ते, मोका, लगायतका कफी पोखरामा पनि लोकप्रीय बन्दै गएको जाभाले जनाएको छ ।
किसानलाई कफी खेतीमा लाग्न प्रोत्साहित गर्ने खालका कार्यक्रम ल्याउने हो भने नेपालमा कफीको निकै राम्रो संभावना रहेको छ । कफी पारखीहरु बढेसँगै कफी उद्योग र कफी उत्पादनलाई पनि बढवा दिनुपर्ने उनको बुझाई छ । काठमाडौंका गगन प्रधानले १५ वर्षअघि ठमेलमा हिमालयन जाभा स्थापना गरेका थिए । उनलाई आनन्द गुरुङ लगायतको टिमले पनि हिमालयन जाभालाई माथि उठाउन साथ दिएका छन् । नेपालमा कफीको सम्भाव्यता देखेका बजार सर्भे गरी त्यसकै नतीजा अनुसार सो कफि संचालन गरेका थिए । विश्व प्रख्यात इन्डोनेशियाको जाभा र नेपालीपन बोक्ने हिमाल जोडेर हिमालयन जाभाको नामबाट सुरु गरिएको कफी व्यवसायले अहिले ठूलो फड्को मारेको छ ।

कफी स्कुल पनि सञ्चालनमा

कफी संस्कृतिको विकासमा नेपालीमै योगदान पु¥याएको हिमालयन जाभाले पोखरामा हिमालयन जाभा बारिष्ठ कफी स्कुल पनि संचालनमा ल्याएको छ । हिमालयन जाभाले पहिलो पटक दक्षिण एसियामै काठमाडौंमा सञ्चालनमा अन्तरराष्ट्रिय स्तरको कफी स्कुलको शाखा पोखरामा विस्तार गरिएको हो । 11377200_772911756163561_3653491765430046667_n
नेपालमा नै कफी बनाउने अन्तराष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादन गर्ने र नेपालको अर्गानिक कफिलाई उच्च गुणस्तरीय कफीको रुपमा विकास गरी विश्व बजारसम्म पु¥याउने उदेश्यका साथ कफी स्कुल सञ्चालनमा ल्याइएको संचालक प्रधानले जानकारी दिए । कफी सम्वन्धि सम्पूर्ण ज्ञान दिनका लागि खोलिएको यो स्कुलमा नेपालभित्रै कफी सप खोल्न चाहनेका लागि पनि यो तालिम उपयोगी हुने बताइएको छ ।
प्रयोगशालासहित विद्यार्थीलाई व्यवस्थित ढंगले कफी प्रशोधनदेखि, विभिन्न प्रकारका कफि बनाउने तालिम प्रदान गर्न स्कुल खोलिएको हो । पोखरामा ३५ जना भन्दा बढीले यस स्कुलबाट शिक्षा लिइसकेका छन् । भूकम्पका कारण पढाई रोकिएको पोखरामा सोमबारदेखि नयाा भर्ना हुन आएका ६ जनाका लागि कक्षा सञ्चालनमा आउने बताइएको छ । पोखरामा खुलेको यो स्कुलमा एक सय घण्टाको कोर्षका लागि २० हजार रुपैयाँ शुल्क लाग्ने बताइएको छ । यो काठमाडौंमा रहेको स्कुलको भन्दा पाँच हजार रुपैयाँ कम हो ।

विश्वका कुनैपनि मुलुकमा काम गर्न सक्ने गरी स्कुलमा तालिम प्रदान गरिने जाभाले जनाएको छ । अमेरिका, फिलिपिन्स र चीन लगायतका देशहरुमा यस्ता किसिमका सुविधा सम्पन्न कफी स्कुलहरु भएपनि दक्षिण एसियामा हिमालयन जाभा पहिलो भएको संचालकले दाबी गरेका छन् ।  नेपालमा भने ज्ञानको अभावमा कफी व्यवसाय फस्टाउन नसकेकाले उनको भनाई छ । यो स्कुलले सरकारी तथा गैरसरकारी सस्थाको सहकार्यमा कफी किसानलाई पनि निशुल्क रुपमा तालिम दिईने बताइएको छ ।

Comments are closed.