काठमाडौं १७ असार ।
पाराग्वेलाई पराजित गर्दै अर्जेन्टिना
कोपा अमेरिका फुटबलको फाइनलमा
प्रवेश गरेको छ । बुधबार विहान
भएको खेलमा उपाधिको प्रमुख
दाबेदार अर्जेन्टिनाले पाराग्वेलाई ६–१
को शानदार जित हात पारेको हो ।
१४ पटकको विजेता
अर्जेन्टिना सन् २००७ पछि पहिलो
पटक फाइनलमा पुगेको हो । अब
उपाधिका लागि शनिबार अर्जेन्टिना
र आयोजक चिली भिड्नेछन ।
खेलमा अर्जेन्टिनाले १५ औं
मिनेटमा गोलको खाता खोलेको
थियो । लिओनलल मेस्सीको फ्रि किक
बलमा रोजोले गोल गर्दै अर्जेन्टिनाको
खाता खोले । २७ औं मिनेटमा
मेस्सीकै पासमा जाभियर पास्टोरेले
गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर
पारे । खेलको ४३ औं मिनेटमा
पाराग्वेले गोल गर्दै अर्जेन्टिनाको
अग्रता २–१ मा झारे ।
तर, दोस्रो हाफमा अर्जेन्टिनाले
चार गोल गर्यो । ४७ औं मिनेटमा
एन्जल डि मारियाले गोल गरे । ५३
औं मिनेटमा डि मारियाले व्यक्तिगत
दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ४–१ को
अग्रता दिलाए ।
खेलको ८० औं मिनेटमा सर्जिओ
एग्युरोले गोल गरे भने तीन मिनेट
लगतै मेस्सीको पासमा गोन्जालो
हिगुइनले गोल गर्दै अर्जेन्टिनालाई ६–१
को जित दिलाए ।कोपा अमेरिकाको
कुनै एक खेलमा तीन गोलको अवसर
श्रृजना गर्ने मेस्सी पहिलो खेलाडी बनेका छन ।
Comments are closed.