अलबिदा ‘केदार बा’!

पोखरा, ६ जेठ/ पोखरा चिसाखोला वेद विद्याश्रमका प्रमुख संरक्षक वेदगुरु अग्निहोत्री पण्डित केदारनाथ उपायध्याय तिमिल्सिनाको  निधन भएको छ ।९७ बर्सिय बेद्गुरु तिमील्सिनाको सोमबार साँझ पोखरा १८,चिसाखोला स्थित निवास मा मृत्यु भएको हो । केहि समयदेखी स्वास्थ्यमा देखिएको समस्याका कारण मनिपाल अस्पताल मा उपचार गराइ निवासमै रहेका उनि बेद बिद्याश्रम पनि दिनहु पुग्ने गरेका थिए ।विसं १९८० फागुन १२ मा नुवाकोटको खनियाखर्क, धनेदेऊमा जन्मेका उनी पोखरा आएर नारायण स्थानमा  अध्ययन गरेका थिए ।मंगलबार नै तुलसिघाट नदिपुरमा उनको दाह सस्कार गरिनेछ । स्थानिय हरुमा ‘केदार बा’ भनेर चिनिने स्वर्गिय तिमील्सिना नेपाल टेलिभिजन का समाचार वाचक राजेन्द्र तिमील्सिना का पिता हुन ।

Comments are closed.