आज भन्दा पचास वर्ष अगाडी पोखरामा रेडियो मर्मत केन्द्र खोलेर रेडियो सुन्न सधाउने भक्तवहादुर क्षेत्री माघ २ गते सम्पूर्ण पोखरावासीलाई छोडेर गए। व्यवसायको थालनी गर्दा माघ महिना रोज्ने भक्तले मृत्युको लागि पनि माघ महिना नै रोजे
विसं२०२३/२४ साल तिरको पोखरा अहिले जस्तो थिएन। निर्दलीय पंचायती व्यवस्था थियो। घरमा रेडियो राख्न पनि लाइसेन्स चाहिन्थो। रेडियो सुन्दा कर तिर्नु पर्थ्यो। रेडियोको वजार थिएन। विसं २००७ साल चैत २० गते प्रजातन्त्र आए पछि रेडियो नेपाल खुलेको भए पनि त्यसको प्रसारण देशव्यापी थिएन। भारतवाट ल्याएको रेडियोले भारतीय च्यानलवाट प्रसारित सामग्री प्रसारण गर्थे। तर पनि केही हुने खानेहरूले रेडियो राख्थे। भारतीय सेनामा कार्यरत केही नेपालीहरूले घरमा आउदा रेडियो लिएर आउथे। ती रेडियो विग्रे पछि वनाउने ठाउ थिएन।त्यही रिक्ततामा भक्त देखिएका हुन।
विदेशवाट सिकेको प्राविधिक ज्ञान लिएर आएका भक्तले आफ्नै नाउमा वी वी सी रेडियो सर्भिस खोले। त्यतिवेला नेपाली नसुन्नेहरूले वेलायतवाट प्रसारणहुने वीवीसी रेडियो धेरैले सुन्थे। वीवीसी भनेको भक्तवहादुर क्षेत्री हो भन्ने ज्ञान धेरैलाई थिएन। अचम्भ मानेर साईनवोर्ड हेरिरहन्थे गोर्खा सैनिकवाट फर्केका लाहुरेहरू। पोखराको एउटा ब्रान्ड वनेका थिए भक्त। उनलाई गण्डकी अन्चलको पहिलो रेडियो प्राविधिक भनेर सरकारी निकायवाटै प्रमाण पत्र दिए पछि उनको ख्याति चुलिएको हो। उनले रेडियो मर्मत मात्र होईन पोखरामा भित्रियका विद्युतिय उपकरणहरू भिसीआर टेपरेकर्डर टि भि क्यामरा जस्ता सवैको मर्मत गर्न भ्याए। त्यति मात्र होईन विद्युतीय प्रसारण माछापुच्छ्रे एफ एम पोखरामा सव भन्दा पहिले प्रसारणमा ल्यए। डिसी केवल / वीसी केवल, गोल्डेन आइ टेलिभिजन प्रसारणमा पनि उनी पहिलो नै भए। रेडियो मर्मत प्राविधिज्ञवाट उनी संचार उद्यमी वने। संचार उद्यमीकै नेमप्लेटमा उनले सवैलाइ छोडेर गए।
आज भक्त छैनन तर उनका हजारौ चेलाहरू छन। उनले सिकाएको प्राविधिक सीप झन झन विकसित भएको छ। उनले स्थापना गरेका संचार प्रतिष्ठान तथा संचार सम्वन्धी व्यावसायले गति लिएको छ। यीनले भक्तको योगदानमा उचाइ थप्ने नै छन।यसको अलावा यसक्षेत्रका तमाम व्यावसायि तथा संचारको क्षेत्रमा लाग्नेहरूलाई पनि वाटो देखाउने छ। आफ्नो पूर्खेउली थलो काभ्रेको दाप्चावाट बर्मा (म्यानमार) सिलोंग हुदै भैरहवा उत्रेका भक्तले पोखरा रोजे। यो उनको र पोखरा दुवैको भाग्य वन्यो।
गोलो अनुहार होचो कदको हसिलो र प्राविधिक सीपयुक्त पोखरा रत्न भक्तलाई गुमाउनु पर्दा हामी सवैलाई दुख भएको छ। तै पनि यो दुखद घडिमा उनी प्रति श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवार जनमा हार्दिक समवेदना सहित शोकलाई शक्तिमा वदल्न सक्ने क्षमता प्राप्तहोस। अल विदा भक्त।
Comments are closed.