अल्फा बोडिङ्ग स्कुलको ३४ औं वार्षिकोत्सव सम्पन्न

पोखरा १९ फागुन 
पोखरा महानगरपालिका वडा नं १६ लामाचौरमा रहेको अल्फा बोडिङ्ग स्कुलको ३४ औं वार्षिकोत्सब विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै प्राज्ञ एवं विम्ब कवि रमेश श्रेष्ठले वालवालिका सिर्जनाको मुहान भएकाले उनीहरूको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर दिनुपर्ने बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षामा विद्यालयले खेलेको भुमिका प्रशंसनिय रहेको भन्दै, खुसी व्यक्त गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रार्चाय सुरेन्द्र मान सिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको मुखपत्र वाणीको प्रमुख अतिथी श्रेष्ठ , प्याब्सन कास्कीका पुर्व अध्यक्ष दिनेश श्रेष्ठ र अध्यक्ष भण्डारीले विमोचन गर्नुभयो। वाणीमा विद्यार्थीले रचना गरेका विभिन्न सामग्रीहरू सग्रंहित छन्।
बार्षिकोत्सवमा यस शैक्षिक सत्रको शैक्षिक तथा खेलकुद तर्फको पुरस्कार वितरण गरिएको विद्यालयका कार्यकारी निर्देशक दिपक गुरुङले जानकारी दिनुभयो। सो अवसरमा अल्फा कप फुटबलमा उत्कृष्ट हुन सफल मनास्लु सदन, विद्यार्थी परिषद्, जुनियर रेडक्रस सर्कलका पदाधिकारीलाई प्रमाण पत्र सहित मायाको चिनो प्रदान गरिएको थियो। त्यस्तै एस इ इमा उत्कृष्ट हुन सफल सिर्जना गुरुङ,विनय आचार्य, र ओस्कार गुरुङ, सेण्ड अप टपर सुनिल थापालाई पनि पुरस्कार वितरण गरिएको छ। कार्यक्रममा लेखा कर्मचारी रितु केसी, र कर्मचारी घनशोभा गुरुङलाई दिर्घ सेवा पदकवाट सम्मान गरिएको शिक्षक तारा व केसीले जानकारी दिनुभयो।
विद्यालयले सुविधा सम्पन्न प्रविधिमैत्री वाल विकास तह संचालनको तयारी गरेको विद्यालयका प्राचार्य सुरेन्द्र मान सिंह भण्डारीले बताउनुभयो। उहाँका अनुसार विद्यालयमा हाल नर्सरी देखि दश कक्षासम्म ५ सय विद्यार्थी अध्ययनरत रहेको र ४६ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन्।
विद्यार्थी जेनिशा भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक भारती गौतमले गर्नुभएको थियो।
कार्यक्रममा विद्यार्थीले विभिन्न सास्कृतिक कार्यक्रम सहित जनचेतना मुलक नृत्य प्रस्तुत गरेका थिए।
सो अवसरमा सहभागिले विद्यार्थीले तयार पारेका विभिन्न शैक्षिक सामग्री प्रर्दशनीको रूचि पुर्वक अवलोकन गरेका थिए।

Comments are closed.