अवैध जंगली जडिबुटी सहित पक्राउ

बरामद अवैध जंगली जडिबुटी

पोखरा हटलाईन

भदौ,८,लम्जुङ,

जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोलीले  भाद्र ०७ गते   ठूलोमात्रामा अवैध जंगली जडिबुटी सहित एकजनालाई पक्राउ  गरेको छ । पक्राउ पर्नेमा  लमजुङ जिल्ला बेसिशहर नगरपालिका वडा नं. ०७ बस्ने वर्ष ३८ कि सिद्धि माया तामाङ रहेको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालय ले जनाएको छ ।  अवैध रूपमा जङ्गली जडिवुटी  राखेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको  प्रहरी टोलीले सिद्धि मायाको घरमा खानतलासी गर्दा विभिन्न प्रजातिको अवैध जंगली जडिबुटी फेला पारेको हो ।पक्राउ परेकी घरधनि सिद्धि माया तामाङको घरबाट प्रहरीले अवैध जडिबुटी डालिङ (गुरुङ भाषामा टलिट) ४७६.१ के.जी, वन लसुन १५४ के.जी, कुड्की २४.६ के.जी, जटामसी १४.९ के.जी, सुगन्धवाल १८.३ के.जी, सतुवा- ४.४ के.जी, वन आलु २.८ के.जी. गरी जम्मा ६९५.१ के.जी बरामद गरेको छ ।पक्राउ परेकि  सिद्धि माया तामाङ तथा बरामद भएका उक्त जडिबुटी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लमजुङ पठाइएको र
घटनाका विषयमा थप अनुसन्धान पनि भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय ले जनाएको छ । पक्राउ परेकी सिद्धि माया तामाङ

Comments are closed.