पोखरा, १७ चैत्र
पोखराको लेकसाईडबाट अवैध हातहतियारसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले अवैध हतियार राखेको अभियोगमा लेकसाईडमा रहेको होटल लोन्लीका सञ्चालक विवश पौडेल सहित अरु चारजनालाई पक्राउ गरेको हो ।
अन्य पक्राउ पर्नेहरुमा अनिल परियार, हिरासिंह गुरुङ, बल बहादुर विक र तेन्जिङ चुन्डु लामा रहेका छन् ।
पौडेलले आफु सुत्ने कोठामा पलङमुनी लुकाई राखेको अवस्थामा एयर गन मोडलको एक थान पेस्तोल बरामद गरिएको कास्की प्रहरीका प्रवक्ता केदार रजौरले जानकारी दिए । पक्राउ परेका सबैलाई हातहतियार तथा खरखजना मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ ।
Comments are closed.