अष्ट्रेलिया ःअष्ट्रेलियाको पूर्वी तटमा जारी भारी वर्षाका कारण स्थिति बिग्रँदो छ । न्यू साउथ वेल्समा बाढीमा फसेका करिब १८ हजार मानिसलाई निकालेर सुरक्षित स्थानमा पुर्याइएको छ ।राज्यको राजधानी सिड्नी तथा दक्षिण–पूर्वी क्विन्सल्याण्डमा नदी र बाँधको जलस्तर बढेको छ ।अधिकारीका अनुसार ५० वर्षमा पहिलो पटक बनेको यो स्थिति थुप्रै हप्तासम्म रहिरहने छ । प्रशासनले मानिसलाई सावधानी अपनाउन भनेका छन् ।देशका प्रधानमन्त्री स्कट मोरिसनले घर छोड्न बाध्य भएका मानिसहरुका लागि आर्थिक सहायता पेश गरेको छ ।न्यू साउथ वेल्सको प्रिमियर ग्लेडी बेरेजिक्लियनका अनुसार सोमबार अबेर रातीसम्म कसैको ज्यान गएको छैन । उनले भने, ‘जस्तो स्थिती छ, त्यो कुनै चमत्कारभन्दा कम छैन ।’बेरेजिक्लियनका अनुसार बाढीको चपेटमा आएका सुमदाय अघिल्लो वर्ष गर्मीमा जंगलको आगो र सुख्खाबाट प्रभावित भएका थिए ।उनले भने, ‘मलाई थाहा छैन कि राज्यको इतिहासमा एक महामारीका बीच यति कम समयमा यति खराब मौसमको स्थिति बनेको होस् ।’आपतकालीन सेवाले कम्तीमा ७५० बचाउ अभियान चलाएका छन् । जसमा कारमा फसेका मानिसहरुलाई पनि निकालिएको छ । बाढीमा फसेका एक परिवारलाई हेलिकोप्टरको मद्दतले निकालिएको छ बचाउकर्मीले सिड्नीको पश्चिमी इलाकाबाट एउटा घरमा नवजात शिशुसहित फसेको परिवारलाई पनि बचाए ।अष्ट्रेलियाको मौसम विभागका अनुसार केही इलाकामा ९०० मिमीसम्म वर्षा हुनु असाधारण हो ।सबैभन्दा बढी चिन्ता उत्तरी र पश्चिमी सिड्नीको तल्लो इलाका, एनएसडब्ल्यू सेन्टल कोस्ट र हक्सबरी घाटीका मानिसहरुका लागि जताइयो ।
अहिलेसम्म के भयो ?
बाढीका कारण न्यू साउथ वेल्समा विध्वंसजस्तो स्थिति छ । राज्यको मिडनर्थ कोस्टबाट १५ हजार र सिड्नीबाट ३ हजार मानिसहरुलाई निकालेर सुरक्षित स्थानमा पुर्याइएको छ ।उर्लंदो नदीका कारण सडक अवरुद्ध भएको छ र सोमबार करिब १५० स्कूल बन्द गर्नुपरेको छ ।थुप्रै जनावर मारिएका छन् । बाढी प्रभावित इलाकामा जनावर पानीमा तैरिरहेको देखिएको छ र घरका भर्याङसम्म पानी भरिएको छ ।आइतबर एक युवा जोडीको विवाह थियो तर उनीहरुले त्यहि दिन सिड्नीको उत्तरस्थित आफ्नो घरलाई बाढीमा बगेको देखे ।सिड्नीभन्दा करिब १७ किलोमिटर टाढा एयरपोर्टको रनवेमा पानी भरिएका कारण उडान रद्द गरिएको छ । रातोपाटीबाट साभार
Comments are closed.