अष्ट्रेलियाले दियाे भारतसामू ३२९ रनको लक्ष्य

aron-Finch-and-Steven-Smith

विश्वकप क्रिकेटको फाइनल प्रवेशका लागि अष्ट्रेलियाले भारतसामू ३२९ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । सिड्नी क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा विकेट ७ गुमाएर ३२८ रन बनायो । यो विश्वकपको सेमिफाइनलमा बनाएको सबैभन्दा ठूलो स्कोर हो ।

उसले पहिलो विकेटका रुपमा भरपर्दा ब्याट्सम्यान डेभिड वार्नर १२ रनमा आउट भए, जतिबेला अष्ट्रेलियाले मात्र १५ रन बनाएको थियो ।

तर, आरोन फिन्च र स्टिभ स्मिथले अष्ट्रेलियाको पारी सम्हाले । फिन्च र स्मिथले दोस्रो विकेटका लागि १८२ रनको साभेदारी गरे । स्मिथ १०५ रनमा आउट भए । ९३ बलको सामना गरेका उनले ११ चौका र २ छक्का हाने ।

फिन्चले ग्लेन म्याक्सवेलसँग ३५ रनको साझेदारी गरे । म्याक्सवेल २३ रनमा आउट भए । थप एक रन जोड्दा फिन्च ८१ रनमा पभेलिन फर्किए । अष्ट्रेलियाका कप्तान माइकल क्लार्क पनि मात्र १० रनमा आउट भए ।

Comments are closed.