लेखनाथ, २६ साउन/असोज पहिलो हप्ता लेखनाथ उद्योग वाणिज्य संघको महाधिवेशन हुने भएको छ । असोज २ र ३ गते १० महाधिवेशन तथा १९ औं बार्षिक साधारणसभाको तयारीमा लेखनाथका उद्योगी व्यवसायीले तयारी थालेका हुन् । महाधिवेशनका लागि सोमबार बसेको संघको २४ औं कार्यसमितिको बैंठकले निर्णय गरेको छ । महाधिवेशनले दुई बर्षे नयाँ कार्यसमितिको चयन गर्नेछ ।
२०५४ सालमा स्थापना भएको संघको महाधिवेशन नजिकिएसँगै व्यवसायीलाई पनि चुनावी रौनकले छोएको छ । चुनावी मिति नजिकिदै जाँदा प्रतिस्पर्धिका आंकाक्षीहरुले आफ्नो पक्षमा माहोल बनाउन शुरु गरेका हुन् । निर्वाचनमा को, कहाँ, कसरी उम्मेदवारी दिने भन्ने विषयमा पनि चर्चा बढेको छ ।
एक अध्यक्षसहित, कार्यसमितिमा खुल्ला तर्फ १०, महिला एक, एसोसियट एक र संस्थागत एक गरी १३ जना सदस्यकाबीच प्रतिस्पर्धा हुनेछ । दुई बर्षे कार्यकालका लागि हुने निर्वाचनमा बर्तमान अध्यक्ष बाबुराम गिरीले नदोहो¥याउने भएपछि त्यसका आंकाक्षीमा संघकै प्रथम उपाध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी देखिएका छन् ।
उनको पक्षमा रहेका व्यवसायीहरुले माहौल बनाउन सुरु गरेका छन् भने भरसक त्रिपाठीलाई नै सर्वसम्वत बनाउने कसरतमा छन् । यसैगरी कार्यसमितिका पूर्व सदस्य एल के शर्मा पनि प्रतिस्पर्धामा उत्रिने चर्चा व्यवसायीकाबीच छ । दुई अध्यक्षका आकाक्षीसँगै पक्ष विपक्षमा सदस्य उठ्नेहरुले कित्ता काट त गरिसकेका छैनन् तर विस्तारै माहोल भने बनाउन थालेका छन् । तरपनि पुराना प्राय सवैले उम्मेदवारी दिने आकांक्षा राखेको बताइएको छ ।
वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीलाई एक पक्षले अध्यक्षको प्रत्यासीका रुपमा अघि बढाएको छ भने गत बर्ष वर्तमान कार्यसमितिका अध्यक्ष बाबुराम गिरीसँग पराजित भएका एल के शर्माले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।यसैगरी बर्तमान कार्यसमितिका द्धितिय उपाध्यक्ष कृष्णहरि भण्डारी, महासचिव बलराम ढकाल, उपमहासचिव भरतकुमार अधिकारी, कोषाध्यक्ष छत्रधर आत्रेय लगायतले पनि उम्मेदवारी दिने चर्चा भैरहेको छ । सदस्यहरुले पनि आ–आफ्नो ठाउँबाट पहल गरिरहेका छन् । संघमा अहिलेसम्म ९ सय ४४ सदस्य रहेका छन् ।
Comments are closed.