अस्थायी शिक्षकको परीक्षा स्थगन हुँदैन ः शिक्षामन्त्री

 

काठमाडौँ, १३ चैत  ः शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षक सेवा आयोगले यही चैत २३ गतेका लागि तोकेको अस्थायी शिक्षकका परीक्षा स्थगन गर्ने पक्षमा आफू नभएको बताउनुभएको छ । समसामयिक विषयमा ध्यानाकर्षण गराउन गएको नेपाल शिक्षक महासंघको प्रमण्डलसँग आज शिक्षामन्त्री पोखरेलले भन्नुभयो –“शिक्षा ऐनको आठौँ र नवाँै संशोधनलाई कार्यान्वयन गर्नु सरकारको दायित्व भएकाले त्यसैअनुसार प्रक्रिया अघि बढ्नेछ ।” महासंघका अध्यक्ष बाबुराम थापाका अनुसार शिक्षामन्त्री पोखरेलले अस्थायी शिक्षकको परीक्षाका विषयमा शिक्षक र विद्यार्थी समूहबाट अनशन भइरहेकाले प्रधानमन्त्रीसँगसमेत सल्लाह गरेर चाँडै यसको निकास निकालिने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले शिक्षा ऐनको नवौँ संशोधन हुँदा त्यो आउनैपर्ने भन्ने पक्षमा आफू नभए पनि संसद्बाट पारित भएकाले त्यो लागू गर्ने सरकारको दायित्व हो बताउनुभयो । आठौँ संशोधनमा आन्तरिक परीक्षामा भाग नलिने अस्थायी शिक्षकलाई सुविधा दिने उल्लेख भएकामा नवौँ संशोधनले परीक्षामा असफल हुनेलाई पनि सुविधा नदिने तथा आन्तरिक प्रतियोगिताका प्रतिशत बढाएर ७५ प्रतिशतसम्म बनाइएको थियो ।(रासस)

Comments are closed.